बैंक-वित्त

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

इकागज |
भदौ ३१, २०८१ सोमबार १३:५६ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर महानगरपालिका-२, चितवनकी सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो । सानिमा जिआईसि इन्स्योरेनस लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको थियो ।   


कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ५ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x