बैंक-वित्त

इसेवाको दसैँ-तिहार चाडपर्व अफर : जुनसुकै कारोबार गर्दा नयाँ कार जित्ने मौका

इकागज |
असोज १, २०८१ मंगलबार १६:४८ बजे

काठमाडौँ- नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दसैँ–तिहार छठ पर्व लक्षित गरेर ‘इसेवा महाउत्सव इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत असोज १ देखि कात्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । 


कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकताअनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।
यसका साथै, १ सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन् । मात्र १ सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् ।   

त्यसैगरी, दैनिक र साप्ताहिकरूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने छन् ।

साप्ताहिकरूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरू: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्ने छन् । यी अफरहरूबारे थप जानकारी इसेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायत आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ । 

इसेवाबारे इसेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालय र तीनवटा सम्पर्क कार्यालय नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन् । 

यस कम्पनीसँग १ करोडभन्दा बढी दर्ता भएका ग्राहक, २ लाख ५० हजारभन्दा बढिएजेन्ट (इसेवा जो–प्वाइन्ट) ४९ बैंक, ४५ लघुवित्त, २ हजार २ सयभन्दा बढी इसेवा क्यास प्वाइन्ट्स तथा ३५० हजारभन्दा बढी मर्चेन्टआबद्ध रहेका छन् । 


Author

थप समाचार
x