बैंक-वित्त

कुमारी बैंक भिसा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

इकागज |
असोज ७, २०८१ सोमबार ९:४० बजे

काठमाडौँ- असोज ४ मा भिसा इन्टरनेशनलद्वारा “Leadership Conclave Nepal 2024” सम्मेलनको आयोजना भएको थियो ।

सो आयोजित Leaders’ Conclave  सम्मेलनमा VISA International द्वारा कुमारी बैंक लिमिटेडलाई “Excellence in Consumer Credit Cards Business” र “Excellence in Cross – Border Business” अवार्डहरूले सम्मानित गरेको छ । 


आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
 


Author

थप समाचार
x