बैंक-वित्त

एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक कविराजलाई नगदसहित सम्मान

इकागज |
असोज ९, २०८१ बुधबार ११:५६ बजे

काठमाडौं : एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ।

उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो। पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन्।     


पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मानस्वरूप नगद हस्तानतरण गरिएको थियो।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


Author

थप समाचार
x