बैंक-वित्त

प्रभु बैंकका ग्राहकले कलेज अफ मेडिकल साइन्समा २० प्रतिशत छुट पाउने

इकागज |
असोज १४, २०८१ सोमबार ११:५ बजे

काठमाडौँ- चितवन भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स (College of Medical Sciences) र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट Additional Director डा.मनोहर प्रधान ले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने भएका छन् । सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् । 


प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।


Author

थप समाचार
x