बैंक-वित्त

एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

इकागज |
असोज १४, २०८१ सोमबार १३:५५ बजे

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले बैंकले विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ ।

असोज १३ गते विश्व मुटु दिवसको अवसरमा बैंकको ग्राहकहरू र समुदायकामा रहेका सदस्यहरूलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको जनाएको छ । 

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वस्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि  आवश्यक केही महत्वपूर्ण जानकारीहरू उपलब्ध गराए । साथै, यसै कार्यक्रको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्व बारे जानकारी प्रवाह गरिएको थियो ।


Author

थप समाचार
x