बैंक-वित्त

एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सकियो

इकागज |
असोज २१, २०८१ सोमबार ८:३६ बजे

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


साथै यस सभाले बैंकको सञ्‍चालक समितिमा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट नविन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुन निर्विरोध निर्वाचित गरेको छ । आ.ब २०८१/८२ को लागि एन. अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन: नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।


Author

थप समाचार
x