बैंक-वित्त

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

इकागज |
कात्तिक ९, २०८१ शुक्रबार १७:५९ बजे

तस्विरः फाइल फोटो

कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ ।

बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो ।


साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुसासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो ।

बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभामा पेस गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।

साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्वोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो । जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तान लगायत विभिन्न ११ वटा दक्षिण एसियाली क्षेत्रका चार्टर्ड एकाउन्टेन्ट निकायहरु समावेश छन् ।

साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरी विभिन्न विधामा अवार्डहरु प्रदान गर्दैआएको छ । बैंकको उक्त वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालबाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड समेत प्राप्त गर्न सफल थियो ।


Author

थप समाचार
x