बैंक-वित्त

लक्ष्मी सन‍्‍राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

इकागज |
कात्तिक ११, २०८१ आइतबार १७:२७ बजे

काठमाडौँ - लक्ष्मी सन‍्‍राइज बैंकले कास्कीको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । 

बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।


सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपालिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।


Author

थप समाचार
x