बैंक-वित्त

सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग अलीपे मार्फत भु्क्तानी गर्न गर्‍यो सम्झौता

इकागज |
पुस २, २०८१ मंगलबार १७:३३ बजे

सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग अलीपे मार्फत क्युआर मार्फत भुक्तानी गर्न सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरूले अलीपें प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा क्युआरबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट निक्षेप अधिकृत श्री हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका थिए ।


सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।


Author

थप समाचार
x