बैंक-वित्त

सिटी एक्सप्रेसको ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजनामा कोरियाबाट निराजन ढकालले जिते १८ गुणा बढि रकम

इकागज |
पुस १७, २०८१ बुधबार १८:५४ बजे

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । 

कारियाबाट निराजन ढकालले जिते १८ गुणा बढि रकम


र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷ प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम ४१,९०९ (अक्षरूपी एक्चालिस हजार नौ सय नौ ) को १८ गुणा गरेर रू ७,५४,३६२ (अक्षरूपी सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी ) जित्न सफल भएका छन् ।

 
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मङ्सिर ३० गते सम्म चल्ने गरी  समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप )  , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट  फोन ) जित्न सफल भईसकेका छन् ।

आफ्नो छुट्टै पहिचान सिटी एक्सप्रेसको

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।


Author

थप समाचार
x