एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ -एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीवार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
बैंकको २०८१ आषाढ सम्ममा खुदनाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ ।
बैंकले हाल देशभरि २०१ खा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया