बैंक-वित्त

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफ बीच सम्झौता

इकागज |
माघ ८, २०८१ मंगलबार १२:५० बजे

कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाण्डौस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०% र औषधि खरिदमा ५% सम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।


कुमारी बैंककाे देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु संचालनमा रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।


Author

थप समाचार
x