विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री
फाइल फोटो
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ ४० पैसाले घटेको छ ।
आज डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि शुक्रबार यसको खरिददर १३८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६४ पैसामा भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ३६ रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको भाउ ६३ पैसाले बढेको छ । शुक्रबार यूरो एकको खरिददर १४३ रुपैयाँ ७३ रहेको छ भने बिक्रीदर १४४ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एक रुपैयाँ ७९ पैसाले बढेर यसको खरिदमूल्य १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । शुक्रबार यसको खरिदमूल्य १७० रुपैयाँ १५ पैसा र बिक्रीदर १७० रुपैयाँ ८९ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४६ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ तथा बिक्री दर १९ रूपैयाँ ०८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ८५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा कायम गरेको छ ।
यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया