बैंक-वित्त

एभरेष्ट बैंकको शाखा बझाङमा

इकागज |
माघ २८, २०८१ सोमबार १८:२९ बजे

काठमाडौं - एभरेष्ट बैंकले बझाङ जिल्लाको साइपाल गाउँपालिकामा शाखा विस्तार गरी बैंकिङ सेवा सञ्चालन गरेसँगै सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्‍याइएको छ। यससँगै देशका प्रत्येक स्थानीय तहमा कम्तीमा एक वाणिज्य बैंकको शाखा स्थापना भएको छ । 

 नेपालले २०७३ सालमा संघीय संरचनामा प्रवेश गरेपछि सरकारले सबै ७५३ स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउने महत्त्वाकांक्षी योजना अघि सारेको थियो। त्यसपछिको वर्षमा, नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो।


एभरेष्ट बैंकले २०७४ असारमा सुरु भएको शाखा विस्तारको क्रमलाई ६ वर्षपछि पूरा गर्दै बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ। यस शाखासँगै अब सबै ७५३ वटै स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध भएको छ। 


Author

थप समाचार
x