एभरेष्ट बैंक लिमिटेडको फिदिम, पाँचथरमा १३०औँ र फुङ्लिङ्ग, ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्धघाटन

एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ मिति २०८१ साल फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३० औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्धघाटन गरेको छ ।
फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमाआएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवादिने प्रतिबद्धता जनाएको छ। एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरकोअत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्तगर्ने भएका छन्।
फिदिम र फुङ्लिङ्ग शाखाको उद्धघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक श्री किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख श्री सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्गन गरपालिकाका प्रमुखश्री अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितीका बीचऔपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
फिदिम र फुङ्लिङ्गमा आफ्नो १३० औँ र १३१ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया