बैंक-वित्त

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

इकागज |
फागुन २६, २०८१ सोमबार १०:५२ बजे

फाइल फोटो

एनएमबि बैंकले आउँदो वैशाखदेखि लागू हुने गरि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ । 

बैंक सञ्चालक समितिले आउँदो वैशाख १० गतेदेखि लागू हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरिएको हो ।


एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको  ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x