बैंक-वित्त

पालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेदारी

इकागज |
चैत ६, २०८१ बुधबार १८:१७ बजे

काठमाडौँ- मार्च महिनाको पहिलो हप्ता, एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) सँग सहकार्य गर्दै र युरोपियन युनियनको ACSIIS कार्यक्रमको सहयोगमा तीन-दिने तालिम सञ्चालन गरेको छ । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषि व्यवसाय, र SME (सानो तथा मध्यम उद्यम) क्षेत्र—मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल जलवायु जोखिमका दृष्टिले अति 

संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायमा ESG (पर्यावरणीय, सामाजिक, र सुशासन) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउँछ  । IFC का विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, E&S तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।


उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ESDD), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्‍यो।

यस पहलले ESG तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९  एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x