बैंक-वित्त

सानिमा बैंकको शाखा गोकर्णेश्वरमा

इकागज |
असोज १९, २०७८ मंगलबार १५:१३ बजे

काठमाडौँ- सानिमा बैंकले काठमाडौँको गोकर्णेश्वरमा बैंकको शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  उक्त शाखाको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गरे ।

उद्घाटनमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा ल्याएकोमा बैंकलाई बधाई तथा शुभकामना दिए । बैंकले विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।


त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्‍चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोगका लागि धन्यवाद दिए । सानिमा बैंकको हाल देशका सातै प्रदेशमा १०९ शाखा कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा छन् ।


Author

थप समाचार
x