बैंक-वित्त

लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने

इकागज |
पुस ७, २०७७ मंगलबार ११:९ बजे

काठमाडौं : लक्ष्मी बैंक लिमिटेडले ११.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको बैंको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

पुस २८ गते बस्ने २०औं वार्षिक साधारणसभाले लाभांश अनुमोदन गर्नेछ । चुक्ता पुँजीको २.५ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ । जसअनुसार नगद लाभांश २४ करोड ५३ लाख १३ हजार ९ सय ८८ रुपैयाँ हुन्छ । बोनस सेयर ८८ करोड ३१ लाख ३० हजार ३ सय ५६ रुपैयाँ छ ।


लक्ष्मी बैंक र अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने वा कुनै संस्था प्राप्ती गर्ने सम्बन्धमा निर्णय गर्ने समेत उल्लेख छ ।


Author

थप समाचार
x