नेपाली सेनालाई राष्ट्रिय वाणिज्य बैंकले ३.३२% ब्याजदरमा आवास कर्जा दिने
काठमाडौँ– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नेपाली सेनाका सबै दर्जालाई ३.३२ प्रतिशत सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने भएको छ । बैंकले सेनालाई २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध गराउने भएको हो ।
प्रधान सेनापति प्रभुराम शर्माको भारत भ्रमण अघि उनकै उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको जंगी अड्डाले जनाएको छ । यो कर्जा सुविधाले नेपाली सेनाको कल्याणकारी सुविधामा वृद्धि हुने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया