साधना र ग्लोबल आइएमई लघुवित्तले लाभांश दिने, कसको कति ?
काठमाडौं : दुई लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश दिने भएका छन् । साधना लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले लाभांश दिने भएका हुन् ।
ग्लोबल आइएमई लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिले पुस २९ गते आठौं साधारणसभा राखेको छ । आर्थिक वर्ष २०७६/७७ असारमसान्तसम्मको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २७.४७ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख छ ।
लघुवित्तको चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ छ । ७ करोड १३ लाख ९ हजार रुपैयाँ बराबरको बोनस सेयरका लागि छुट्याइएको छ । ३७ लाख ५३ हजार एक सय ११ रुपैयाँ नगद लाभांश दिने लघुवित्तले जानकारी दिएको छ ।
त्यस्तै साधना लघुवित्तले ०.९४ प्रतिशत नगद लाभांश र बोनस सेयर १८ प्रतिशत वितरण गर्ने बताएको छ । २९ गतेनै राखेको चौथों साधारणसभाले २१ करोड ७७ लाख ८० हजार बराबरको चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर दिने भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया