बैंक-वित्त

तीन अर्ब निक्षेप घटेपछि सिडी रेसियोमा सुधार

इकागज |
मंसिर २३, २०७८ बिहीबार ११:८ बजे

फाइल तस्बिर

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी तीन अर्ब रुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो)मा सुधार आएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि तीन अर्ब रुपैयाँले नै घटेको छ । 


सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्व ८८ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ४५ खर्व ८५ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोमबारसम्म ४७ खर्व ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वृद्धि भई मंगलबार ४८ खर्व एक अर्ब पुगेको छ । 

निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सिडी रेसियो मंगलबार ९० दशमलव ८९ प्रतिशतमा झरेको छ । सोमबार सिडी रेसियो ९१ प्रतिशत रहेको थियो । निक्षेप घटेपनि कर्जा लगानीमा आक्रमक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ  । 

मंगरबारसम्मको वित्तीय सूचक
कुल निक्षेप  : ४८ खर्ब एक खर्ब
कुल लगानी  : ४५ खर्ब ८५ अर्ब
कर्जा -निक्षेप अनुपात  : ९०.८९ प्रतिशत
अन्तरबैंक व्याजदर :  ४.९८ प्रतिशत 


Author

थप समाचार
x