दुई वाणिज्य बैंकका सीईओ फेरिए
काठमाडौँ– सानिमा बैंक र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएका छन् । सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल दुई कार्यकाल सीमाका कारण सानिमा बैंकबाट सेवा निवृत्त भएका छन् । उनको प्रतिस्थापनमा सानिमा बैंकको सञ्चालक समितिले नायब सीईओ निश्चलराज पाण्डेलाई सीईओ नियुक्त गरेको छ ।
दाहाल आगामी महिना माघ दोस्रो साता ८ वर्ष सेवा अवधि पूरा गरेर सानिमा बैंकबाट बाहिरिदैछन् । उनी नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् । त्यस्तै, सिद्धार्थ बैंकको रिक्त सीईओ पदमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । कँडेल सिद्धार्थ बैंकमै नायब सीईओको रूपमा कार्यरत थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया