बैंकको कर्जा ठूला उद्यम व्यवसायमा केन्द्रित, साना–मझौलालाई कठिन
२०८१ सम्म लघु, साना र मझौला उद्यममा १५% कर्जा पुर्याउन मुश्किल
काठमाडौँ– नेपाल राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा रकममध्ये १५ प्रतिशत लघु, साना र मझौला उद्यम (एमएसएमईज) मा लगानी गर्नुपर्ने निर्देशन जारी गरेपनि त्यसतर्फ आशालाग्दाे प्रगति हुन सकेकाे छैन। गत वर्षको मौद्रिक नीतिले १ करोड रुपैयाँभन्दा कम आकारका कर्जा कुल पोर्टफोलियोको १५ प्रतिशत बनाउनुपपर्ने भन्दै उक्त आर्थिक वर्षको अन्त्यमा ११ प्रतिशत पुर्याउन निर्देशन दिएको थियो ।
लघु, साना र मझौला उद्यममा बैकको कुल कर्जाकाे १५ प्रतिशत पनि लगानी पुर्याउन कठीन हुने स्थितिले बैंकहरूले साना उद्यमीलाई कर्जा सेवा दिन नसकिरहेकाे देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गएको असार मसान्तसम्म औसतमा ११ प्रतिशत कर्जा लघु, साना र मझौला उद्यममा प्रवाह भएको छ । तर सरकारी स्वामित्वका बैंकहरूले प्रवाह गरेको कर्जाको आकार तोकिएको भन्दा उच्च भएकाले औसतमा उक्त उपलब्धि हासिल हुन सक्ने देखिन्छ । यद्यपि केही बैंकहरूको एमएसएमईजमा प्रवाह भएको कर्जा अत्यन्त न्यून रहेको छ ।
गत असार मसान्तसम्म समग्रमा २७ वाणिज्य बैंकले प्रवाह गरेको कर्जा हेर्दा कुल ३६ खर्ब ९३ अर्ब रुपैयाँमध्ये ११.०९ प्रतिशत एमएसएमईजमा प्रवाह भएको छ । यो भनेको चार खर्ब ९ अर्ब रुपैयाँ लघु, साना र घरेलु उद्योगमा कर्जा प्रवाह भएको छ ।
त्यसमध्ये अधिकांश हिस्सा सरकारी बैंकहरूले प्रवाह गरेको कर्जा हो । नेपाल बैंकले कुल कर्जा पोर्टफोलियो एक खर्ब ४१ अर्ब रुपैयाँमध्ये ३६.८४ प्रतिशत कर्जा अर्थात् ५१ अर्ब ९७ करोड रुपैयाँ लघु, साना र मझौला उद्यममा प्रवाह गरेको छ ।
सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुल ७१ अर्ब ४७ करोड रुपैयाँको ऋण पोर्टफोलियोमध्ये १.०५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँमात्र एमएसएमईज क्षेत्रमा प्रवाह भएको छ ।
सरकारी बैंकहरू नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको कुल कर्जा पोर्टफोलियोको २८.७३ प्रतिशत कर्जा लघु, साना र मझौला उद्यममा गएको छ भने बाँकी बैंकहरूले कुल कर्जाको ८.५५ प्रतिशत मात्र लघु, साना र मझौला उद्यममा कर्जा प्रवाह गरेका छन् ।
अर्थतन्त्रको स्थायित्व, समावेशी र उत्थानशील विकास एवं दीगो आर्थिक वृद्धिका लागि नेपाल राष्ट्र बैंकले लघु, साना र मझौला उद्यममा लगानी गर्न बैंकहरूलाई अनिवार्य गरेको हो । तर बैंकहरूले साना कर्जामा आफ्नो प्रशासनिक लागत उच्च हुने भन्दै यसमा आनाकानी गर्दै आएका छन् । स्टयाण्डर्ड चार्टर्डजस्ता विदेशी लगानीका बैंकले त नेपाल राष्ट्र बैंकको यो नियम आफ्नालागि अनुपयुक्त भएको समेत उल्लेख गरेको छ ।
बैंक |
२०७८ असारसम्म कुल कर्जा |
लघु, साना र मझौला उद्यममा कर्जा लगानी % |
नेपाल बैंक |
१ खर्ब ४१ अर्ब रुपैयाँ |
३६.८४ |
राष्ट्रीय वाणिज्य बैंक |
१ खर्ब ९४ अर्ब रुपैयाँ |
२१.५९ |
कृषि विकास बैंक |
१ खर्ब ५३ अर्ब रुपैयाँ |
३०.१२ |
नबिल बैंक |
२ खर्ब ६ अर्ब रुपैयाँ |
८.६९ |
नेपाल इन्भेष्टमेन्ट बैंक |
१ खर्ब ६२ अर्ब रुपैयाँ |
२.८२ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक |
७१ अर्ब ४७ करोड रुपैयाँ |
१.०५ |
हिमालयन बैंक |
१ खर्ब ३२ अर्ब रुपैयाँ |
१.८१ |
नेपाल एसबीआई बैंक |
१ खर्ब १ अर्ब रुपैयाँ |
५.०१ |
एनबी बैंक |
७४ अर्ब ३५ करोड रुपैयाँ |
१२.१९ |
एभरेष्ट बैंक |
१ खर्ब ३५ अर्ब रुपैयाँ |
९.१२ |
बीओके बैंक |
९६ अर्ब ७६ करोड रुपैयाँ |
१०.३७ |
एनसीसी बैंक |
९८ अर्ब २६ करोड रुपैयाँ |
११.६५ |
एनआईसी एसिया बैंक |
२ खर्ब ६३ अर्ब रुपैयाँ |
११.३४ |
माछापुछ्रे बैंक |
१ खर्ब १७ अर्ब रुपैयाँ |
१०.७५ |
कुमारी बैंक |
१ खर्ब ४३ अर्ब रुपैयाँ |
८.८० |
लक्ष्मी बैंक |
१ खर्ब ९ अर्ब रुपैयाँ |
२.५३ |
सिद्धार्थ बैंक |
१ खर्ब ६४ अर्ब रुपैयाँ |
१०.९२ |
ग्लोबल आइएमइ बैंक |
२ खर्ब ३९ अर्ब रुपैयाँ |
९.६३ |
सिटीजन्स बैंक |
१ खर्ब २१ अर्ब रुपैयाँ |
९.६९ |
प्राइम बैंक |
१ खर्ब ४१ अर्ब रुपैयाँ |
७.९२ |
सनराइज बैंक |
१ खर्ब २ अर्ब रुपैयाँ |
१२.१३ |
एनएमबी बैंक |
१ खर्ब ५६ अर्ब रुपैयाँ |
१२.४६ |
प्रभु बैंक |
१ खर्ब ४२ अर्ब रुपैयाँ |
५.३८ |
मेगा बैंक |
१ खर्ब ४० अर्ब रुपैयाँ |
११.७५ |
सिभिल बैंक |
८२ अर्ब ७६ करोड रुपैयाँ |
९.०१ |
सेञ्चुरी बैंक |
८० अर्ब ३३ करोड रुपैयाँ |
६.७१ |
सानिमा बैंक |
१ खर्ब २३ अर्ब रुपैयाँ |
८.०६ |
स्रोतः नेपाल राष्ट्र बैंक
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया