बैंक-वित्त

नेशनल माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश दिने

इकागज |
पुस २०, २०७७ सोमबार १२:५० बजे

काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७ प्रतिशत लाभांश दिने भएको छ । आइतबार कम्पनीको १०७औं सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।



Author

थप समाचार
x