बैंक-वित्त

ईश्‍वर पोखरेलका सम्धी बनेनन् राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष

अध्यक्षमा धनिराम शर्मा

इकागज |
पुस २३, २०७७ बिहीबार १७:२ बजे

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्‍चालक समितिका अध्यक्षमा धनिराम शर्मा नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले धनिराम शर्मालई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यस अघि नै अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।
 
यसअघि उपप्रधानमन्त्री ईश्‍वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई अध्यक्ष बनाउने प्रयास भएको भन्दै चर्काे विरोध भएको थियो । बैंकका अध्यक्षमा निर्मलहरि अधिकारीलाई राजस्व बोर्डमा पठाएपछि अध्यक्ष पद रिक्त थियो । 


बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो । 


Author

थप समाचार
x