सिटिजन्सका ग्राहकलाई होटल अकामा विशेष छुट
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुमबाराहिका होटल अकामा प्रालीबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै सञ्चालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया