उद्यम गर्न चाहनेलाई सिटिजन्स बैंकले कर्जा दिने
काठमाडौं : के तपाईं व्यापार–व्यवसाय गर्न चाहनुहुन्छ ? पुँजी नभएर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् । किनकि अब तपाईंको चाहना सिटिजन्स बैंकले पुरा गर्नेछ ।
नयाँ वर्षको उपलक्ष्यमा सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले कर्पाेरेट भिडियो सार्वजनिक गर्दै उद्यम गर्न इच्छुकहरुलाई कर्जा दिएर सहयोग गर्ने जनाएको छ ।
भिडियोमा उद्यम गर्न चाहने आफ्नी छोरीलाई आमाले सहयोग गरेकी छन् । सिटिजन्स बैंकबाट कर्जा लिएर छोरीको लागि रेस्टुरेन्ट खोलिदिएकी छन् । उनी जस्तै थुप्रैलाई बैंकले कर्जा दिन्छ ।
भिडियोमा बैंकले भनेको छ, ‘सपनाको कुनै आकार हुँदैन र खुसीको कुनै सीमा, त्यसैले तपाईं आट मात्र गर्नुहोस् सहयोग गर्न हामी छौं।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया