बैंक-वित्त

विश्‍वचर्चित बैंकिङ क्षेत्रका पायोनियर समूहका उत्तराधिकारीको निधन

इकागज |
माघ ४, २०७७ आइतबार १५:३ बजे

काठमाडौं : बैंकिङ क्षेत्रमा पायोनियर विश्‍वचर्चित व्यापारिक घराना रोथ्सचाइल्ड समूहका प्रमुखको निधन भएको छ । १८औं शताब्दीमा युरोपमा बैंक तथा वित्तीय क्षेत्रमा पुँजी लगाउने रोथ्सचाइल्ड वशंका व्यवसायी बेन्जामिन डे रोथ्सचाइल्डको शनिबार निधन भएको हो ।

अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमका अनुसार उनको हृदयघातका कारण ५७ वर्षको उमेरमा मृत्यु भएको छ । रोथ्सचाइल्ड समूहको ३०० वर्ष पुरानो युरोपेली बैंकिङ ईतिहास बोकेको समूह हो ।


फोर्ब्स पत्रिकाका अनुसार बेन्जामिन डेले १९५३ मा सुरु भएको बैंकिङ समूहको सम्पत्ति १ खर्ब ९० अर्ब अमेरिकी डलर पुर्‍याएका थिए ।

कम्पनीको नेटवर्थ डेढ अर्ब अमेरिकी डलर छ । बेन्जामिन डे कम्पनीका चेयरम्यान थिए । बेन्जामिन बैंकिङ, पानीजहाज, कार र वाइनका सौखिन थिए । उनको निधन स्वजरल्यान्डको प्रेग्नीमा भएको हो । बेन्जामिनपछि उनकी पत्नी एरियन डे रोथ्चाइल्ड र चार सुपुत्रीहरू छन् ।

रोथ्सचाइल्ड परिवार जर्मनीको प्रसिध्द व्यापारिक समूह हो । सन् १७६० को दशकमा रोथ्सचाइल्ड साम्राज्यको उत्पत्ति थी जब मेयर एस्मेल रोथ्सचाइल्डले एक बैंकिङ व्यवसायमार्फत गरेका थिए ।  मेयरका पाँच सन्तानको सहायतामा पारिवारिक व्यवसाय युरोपेली राष्ट्रहरूमा फैलियो । सन् १९१४ सम्ममा रोथ्सचाइल्ड समूह बैंकिङ क्षेत्रको शक्तिकाली संस्था बन्न पुग्यो ।

फ्रान्सेली क्रान्तिबाट रोथ्साचाइल्ड बैंकिङ समूहले ठुलो लाभ पायो । युद्धको दौरानमा अस्ट्रियाको सेनाले रोथ्सचाइल्डका थुप्रै वस्तुको आपूर्त गर्ने जिम्मा दियो । गहूँ, कपडा, घोडा तथा उपकरणको आपूर्त व्यवस्था रोथ्सचाइल्ड कम्पनीले गर्थ्यो । साथमा मौद्रिक लेनदेनको सुविधा पनि सोही समूहलाई जिम्मा दिइएको थियो ।

मेयरले आफ्ना सन्तानलाई पुरा युरोपमा व्यवसाय फैलाउन लगाए । युरोपको सीमा पार गरेर कारोबार गर्ने उनको पहिलो बैंक बन्यो । युध्द सञ्‍चालनका लागि सरकारहरूलाई ऋण दिने र विभिन्‍न उद्योगहरूमा लगानी गर्ने अवसरको फाइदा उठायो ।


Author

थप समाचार
x