१० अर्बको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुल्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारदेखि विकास ऋणपत्रको बिक्री खुलाउने भएको छ । १० अर्बको ७ वर्षे विकास ऋणपत्र, २०८४ बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।
अनलाइनमार्फत बिक्री बोलकबोलका लागि आवेदन खुलाउने बैंकले जानकारी दिएको छ । ऋणपत्रका लागि बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन् ।
यसको लागि ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा समेत लिन पाइनेछ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत छट्याएको छ । ८.५ अर्ब प्रतिस्पर्धीकालागि र १.५ अर्ब अप्रतिस्पर्धीका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ ।
ऋणपत्रको खरिद सीमा न्यूनतम ५० हजार रुपैयाँ तोकिएको छ । बढीमा निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने अंकमा खरीद गर्न पाउने उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया