क्रिप्टोकरेन्सीको साइट बन्द गर्न निर्देशन
काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।
अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध वा कालो सूचीमा राख्न अर्थमन्त्रालयको मन्त्रिस्तरको निर्णयानुसार भएको भन्दै त्यस्ता साइट बन्द गर्न निर्देशन दिएको हो । नेपालमा पछिल्लो समय क्रिप्टोकरेन्सीमा लगानी बढेको भन्दै यसलाई कडाइ गर्न सरकारले विभिन्न उपायहरू अपनाउँदै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया