गरिमा क्यापिटलको साधारणसभा वैशाख ९ गते
काठमाडौंँ - गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा आगामी वैशाख ९ गतेका लागि बोलाएको छ । गत चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठ काठमाडौंँमा साधारणसभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरुलाई १५ दशमलव ६५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, उक्त सभाले कम्पनीको प्रवन्ध पत्रको उद्देश्यहरू थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्ने जनाइएको छ। सभाले यस कम्पनी वैदेशिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी निर्णय तथा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित कार्यसूची समेत समेटिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया