तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मलेन चैत २८ र २९ काठमाडौँमा
काठमाडौँ - राष्ट्रिय लघुवित्त सम्मेलन चैत २८ र २९ गते हुने भएको छ । देश भरिका लघुवित्त संस्थाहरुको सदस्य सम्मेलन चैत्र २८ र २९ गते दुई दिन हुने भएको हो ।
लघुवित्त क्षेत्रमा देखिएको विकृति तथा विसंगतीको बारेमा सचेत गराउने उदेश्यले राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने आयोजना गरेको आयोजकले जानकारी दिएको छ। शनिबार स्वावलम्बन विकास केन्द्रले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले २८ गते उद्घाटन गर्ने उक्त सम्मेलनमा देशभरबाट ८ सय जना सहभागी हुने केन्द्रले जनकारी दिएको हो । हाल मुलुकभर करिव ७९ लघुवित्त र १५० सहकारीले ७७ जिल्ला पुगेर सेवा प्रभाव गरिरहेको केन्द्रले जनाएको छ । यसअघि कोभिड-१९ का कारण स्थगित भएको थियो।
लघुवित्त क्षेत्रबाट ४ सय ३० अर्व बढी कर्जा लगानी रहेको छ भने ३ वर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरिएको केन्द्रले जनाएको छ। करिब पाँच दशक अघि नेपालमा सामुहिक जमानीमा लघुवित्त परिचालन निश्चित समूह वा वर्गको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रमको शुरुवात भएको थियो । पुस्तौं देखि साधनमा पहुँच नभएका कारण गरिबीको दलदलमा फसी विपन्नतामा बाँच्न बाध्य रहेकाहरूको साम तथा आर्थिक उत्थान गर्ने महत्वपूर्ण उद्देश्य रहेको लघुवित्त कार्यक्रमले गरिबको घरदैलोमा सेवा गरी गरीबी घटाउमा ठुलो योगदान पुर्याएको कारणपनि कारण सर्वत्र लोकप्रियता आर्जन गर्न सफल भएको केन्द्रले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया