गोर्खाल्यान्ड मांगे, आजादी !
शुकान्त मञ्चको त्यो स्टेज निकै खचाखच थियो । म थोरै असहज अनुभव गरिरहेको थिएँ । बोल्न केही गाह्रो भइरहेको थियो । किनकि भीड बंगाली समुदायले भरिएको थियो । र, मैले त्यहाँ दार्जीलिङको आत्मनिर्णयको कुरा गर्नु थियो । भाषिक पहिचानबारे बोल्नु थियो ।
म यही मुद्दाबारे नेपालीमा सोच्थे । र हिन्दीमा बुझाउने कोसिस गर्थे । मैले कति बुझाउन सकेँ ? त्यो त मलाई थाह छैन । तर जब कार्यक्रम सकियो, त्यहाँ रहेका बंगाली साथीहरू अचानक उठेँ । र नारा लगाउन थाले, ‘गोर्खाल्याण्ड मांगे, आजादी !’
मलाई लाग्यो, ‘पिपल्स लिटरेरी फेस्टिभल । यो त साँच्चै मेरो लेखन यात्राकै सुखद अनुभव रह्यो ।’
गलत प्रश्न
हो, त्यो पिपल्स लिटरेरी फेस्टिभलको कार्यक्रम थियो । जो २८ अनि २९ फेब्रुअरीमा हुँदै थियो । यसैका निम्ति हामी दुई दिनअघि नै कलकत्ता पुगिसकेका थियौं । 'फातसुङ’लाई बंगालीमा अनुवाद गर्ने लेखक हुन्, समीक चक्रवर्ती । उनी लामो समयदेखि दार्जीलिङमा रहेर काम गरिरहेका छन् । खासमा उनी एक्टिभिस्ट हुन् । चिया बगानतिर पुग्छन् । श्रमिकहरूका निम्ति आवाज उठाउँछन् । उनीहरूबारे कविता लेख्छन् । अनुवाद गर्छन् । गीत गाउँछन् ।
उसो त बजारमा ‘फातसुङ’ आएपछि नै हो, समीकसँग मेरो सम्बन्ध जोडिएको । उनले उपन्यासलाई बंगलामा अनुवाद गरे । भारतेली नेपाली साहित्यमा खट्किरहेको एउटा ठूलो समस्या अनुवादको पनि हो । जसका कारण हामीले अर्को भाषामा के लेखिरहेछ ? सो पत्तै पाइरहेका हुँदैनौं । हाम्रो साहित्य उता पुग्न त अझै निकै समय लाग्ला !
जे होस् । म समीकमार्फत नै बंगाली पाठकहरूमाझ चिनिएँ । फेस्टिभलमा पुग्दा जब बंगाली पाठकहरूले मलाई सोधिरहेका थिएँ, तब मैले अनुभव गरेँ, उनीहरू पढ्ने कुरामा हामी भन्दा कति धेरै अघि छन् ! कति धेरै सिरियस छन् !
अँ, मैले भन्न भुलेछु । समीकले जादवपुर युनिभर्सिटी पढेका हुन् । इन्जिनियरिङ गरेका छन् । इन्जिनियरिङ गर्नेहरूलाई काम खोजी बस्ने खासै दरकार नपर्ला ? तैपनि उनी चिया बगानतिर घुमिरहेका छन् । श्रमिकहरूका निम्ति बोलिरहेका छन् । जनजाति, दलित र महिलाहरूको मुद्दाबारे लेख्ने कोसिस गरिरहेका छन् ।
जसरी ‘फातसुङ’मा दलितको प्रश्न उठ्दा एक कवि तर्से । र भने, ‘दार्जीलिङमा कहाँ छ छुवाछूत ?’
मलाई थाह छैन, समीक जस्ता इन्जिनियरहरू देशमा कति छन् ? जो आफ्नो घर नबनाएर समाज बनाउन लागिपरेका छन् ? पहिलो दिनको कुरा हो । रेलमा कलकत्ता जाँदै गर्दा हामी निकै बेर गफियौँ । श्यालदाह पुग्ने बेलामा मैले समीकलाई सोधेँ, ‘तपाईँ त इन्जिनियरिङ गरेको मान्छे । किन पढाइअनुसारको काम खोजेर गर्नुहुन्न ?’
उनी मुसुक्क हाँसे । र बंगाली टोनको नेपाली लवजमा भने, ‘काम त गरिरहेकै छु त अन्त । इन्जिनियरिङ भन्दा यो काम धेर इम्पोटेन्ट लाग्यो । त्यै भएर संग्रामी साथीहरूसँग छु । म त यसलाई सोसियल इन्जिनियरिङ भन्छु ।’
मैले केही भनिनँ । तर, जति बेला हामी जादवपुर युनिभर्सिटी पुग्यौं, त्यो बेला लाग्यो, मैले उनलाई गलत प्रश्न सोधेछु । जेयूका लेक्चररहरू जब उनले एक्टिभिज्म नछोडेकामा खुसी भइरहेका थिए । उनलाई धाप मारिरहेका थिए । तब मलाई यतिकै लाज लागेर आयो ।
त्यो निकै गजबको क्षण थियो । जसलाई देखेपछि म कवि छेवाङको नजिक गए । छेवाङ योञ्जन दार्जीलिङका युवा कवि हुन् । एक्टिभिस्ट पनि हुन् । दुई दिनदेखि हामी सँगै थियौं । उनले मलाई हातमा चियाको गिलास थमाएँ । र टाउको कन्याउँदै भने, ‘हाम्रो समाज र उनीहरूको समाजमा यही फरक छ । हाम्रो समाजमा थोरै होलान्, जसले सोसियल इन्जिनियरिङ बुझ्छन् । नत्र त अधिकांशले गाली गरिरहेका हुन्छन् । धेरैले सोधिरहेका हुन्छन्, ‘साला बाउ-आमाले यत्रो खर्च गरेर पढायो । अहिले फुगनटाँसी भएर घुमिरहेको छस् ?’
भिक्टोरिया र जेयू
अँ ।
कलकत्ता पुगेपछिको अघिल्लो दिन घुमघाममा नै बित्यो । सुरुमा हामी भिक्टोरिया मेमोरियल गयौं । म पहिलोचोटि त्यहाँ पुगेको थिएँ । फर्केर आउँदा समालिङ्गीहरूको एउटा समूहले हाम्रो बाटो रोक्यो । र पैसा माग्न थाल्यो । छेवाङ र म तर्किएर भाग्यौं ।
'साँच्चै ट्रान्सजेन्डर बिल पास होला त ?’‘किन हुँदैन नि ? त्यो तिमीहरूको अधिकारको कुरा हो,’ सुमेन्द्रले विश्वास दिलायो । र वालेटबाट नेपालको पाँच रुपैयाँको नोट निकालेर देखाउँदै भन्यो, ‘देख्यौ त ? मसँग साँच्चीकै भारतीय नोट छैन । यो नचल्ने नोटमात्रै छ ।
केही पाइला यतिकै हिँडिरह्यौं । र फर्केर सुमेन्द्रलाई हेर्यौँ । सुमेन्द्र तामाङ जादवपुर यूनिभर्सिटीका पूर्व विद्यार्थी हुन् । त्यै भएर होला, कलकत्ताको जुनसुकै कुनामा पनि उसको साथी भेटिन्थ्यो । साथी भेटे पनि ऊ बंगला भाषामा गफ सुरु गर्थ्यो । हामी इसारामा उसको कुरा बुझ्ने कोसिस गरिरहन्थ्यौं ।
यहाँ पनि उसले गफ गर्न थाले त ? फर्केर हेर्यौं । हो त रहेछ नि । सुमेन्द्र हात घुमाइ-घुमाइ गफ हाँकिरहेका थिए ।अब के गर्ने ? फर्केर हामी फेरि उनीहरूकै नजिक पुग्यौं ।‘हामी पैसा चाहिँ दिँदैनौं । तर, तिमीहरूको लडाइँमा साथ सधैँ दिन्छौं’, सुमेन्द्रले अलि गम्भीर बनेर भन्यो, ‘ट्रान्सजेन्डर बिलको निम्ति जुलुस गरेको थाह छ ? त्यो जुलुसमा म पनि त थिएँ नि ।' समालिङ्गी समूह नै छक्क पर्यो ।
तीमध्ये एक अघि आइन् । र, सोधिन्, ‘साँच्चै ट्रान्सजेन्डर बिल पास होला त ?’‘किन हुँदैन नि ? त्यो तिमीहरूको अधिकारको कुरा हो,’ सुमेन्द्रले विश्वास दिलायो । र वालेटबाट नेपालको पाँच रुपैयाँको नोट निकालेर देखाउँदै भन्यो, ‘देख्यौ त ? मसँग साँच्चीकै भारतीय नोट छैन । यो नचल्ने नोटमात्रै छ ।’
उसले वालेट हेरेन । तर, सुमेन्द्रलाई अँगालो हाल्यो । र भन्यो, ‘मलाई पैसा चाहिएन । बरू यो नोट मेरा निम्ति छाडिदेऊ न ? जुन दिन म यो नोट हेर्छु । तिमीलाई सम्झिन्छु ।’ सुमेन्द्रले नोट छाड्यो । र हात मिलाउँदै भन्यो, ‘तिमीहरूको लडाइँ एकदिन त सफल हुने नै छ ।’
त्यसपछि ?
फर्केर हामी जादवपुर युनिभर्सिटी (जेयू) पुग्यौं । घाम अघि नै डुबिसकेको थियो । साँझ झमक्क पर्न लागेको थियो । जादवपुरको माहोल आफैँमा गजब थियो । यूनिभर्सिटीको गेटभित्र पस्दा सडकका ल्याम्पपोस्टहरू बलिसकेका थिए ।
तैपनि, त्यहाँ विद्यार्थीहरूको भीड दिनकै जस्तो थियो । कोही लेक्चररहरूसँग गफ हाँकिरहेका थिए । कोही टेबलमा बसेर चिया पिइरहेका थिए । कोही सिग्रेट तान्दै खोकिरहेका थिए । कोही प्रेमिकालाई अँगालोमा बाँधेरै डेटिङ गरिरहेका थिए । कोही भलिबल खेलिरहेका थिए । कोही राजनीतिक विमर्श गरिरहेका थिए ।
हिँड्दा-हिँड्दै हामी ओपन थ्रियटर पुग्यौं । जहाँ बाहिरका विद्यार्थीहरूले कार्यक्रम गरिरहेका थिए । कोही बियर पिइरहेका थिए । कोही डान्स गरिरहेका थिए । कोही गाइरहेका थिए । त्यसकै ढोकामा एक हुल जेएनयूका विद्यार्थीहरू ढोल बजाउँदै नारा लगाइरहेका थिए, ‘मोदी से चाहिये, आजादी !’एउटै जादवपुर युनिभर्सिटीमा कति धेरै जादवपुर यूनिभर्सिटी ? म छक्क परेँ ।
दार्जीलिङबाट थोरै विद्यार्थी जवाहरलाल नेहरु विश्वविद्यालय पुग्छन् । थोरै विद्यार्थी जादवपुर युनिभर्सिटी पुग्छन् । तर, फर्केर आएपछि खोइ कुन्नि दार्जीलिङ्गे समाजसँग के मिल्दैन ? यतिकै हराएर जान्छन् । जे होस्, त्यो साँझ जादवपुरका विद्यार्थीहरूसँग हाम्रो लामो गफ भयो । देशको अवस्थाबारे कुरा भयो । अलग राज्यको मुद्दामाथि चर्चा भयो । युनिभर्सिटीमा गोर्खाल्यान्डका निम्ति निकालिएको साङ्गीतिक जुलुसबारे गफ भयो । र दार्जीलिङको आन्दोलन किन बारम्बर विफल हुन्छ त ? यहीमाथि निकै लामो विमर्श भयो ।
अन्तमा साथीहरूले निष्कर्ष निकाले, ‘दार्जीलिङमा धेरै अभाव छन् । त्यसमध्ये एउटा अभाव स्वतन्त्र स्टुडेन्ट युनियनको पनि छ ।’ मैले अनुभव गरेँ- दार्जीलिङको स्टुडेन्ट पोलिटिक्स अहिले पनि शून्य बराबर छ । यहाँ त विद्यार्थी संगठन भनेको सत्ताधारी पार्टीको भ्रातृ संगठन मात्रै हुन्छ । जसले पार्टी अध्यक्षले चाहेको भन्दा धेरै केही गर्न सक्दैन ।
अझ धेरै वटा मिसिनेरी कलेजहरूमा त विद्यार्थी संगठन छैन पनि । जहाँ छ, त्यहाँ पनि दुई-चार गार्जेन फोरमका सदस्य टाइपका नेताले टाँटो मार्ने काम गरिरहेका छन् । दार्जीलिङ पहाडमै केन्द्रीय विश्वविद्यालय छैन । विश्वविद्यालय नभएर पनि यो ग्याप सिर्जना भएको हुनसक्छ । तै पनि यो त पक्का हो, जबसम्म नेतालाई प्रश्न गर्न सक्ने स्वतन्त्र विद्यार्थी संगठन दार्जीलिङमा जन्मिँदैन, तबसम्म नयाँ जमातमा राजनैतिक चेतना यतिकै बढेर जान गाह्रै पर्छ । होइन र ?
अल्पसंख्यकको प्रश्न ?
दोस्रो दिन समीकको कार्यक्रम थियो । अनुवादमाथि बोल्दै उनले दार्जीलिङको पीडा पोखे । बल्ल फेस्टिभलको अन्तिम दिन आयो । र म शुकान्त मञ्चमा उक्लिएँ । कलकत्ताको त्यो मञ्च मेरा निम्ति निकै विशेष रह्यो । मलाई थाहा थिएन, त्यहाँ गोर्खाल्यान्ड गठनपछिको पनि प्रश्न सोधिन्छ । तर, त्यही अचम्मको प्रश्न मसँग दुईचोटि सोधियो । पहिलोचोटि त त्यो प्रश्न अडियन्सबाट नै आएको हो । कार्यक्रमपछिको अन्तर्वार्तामा पनि फेरि त्यही प्रश्न दोहोरियो, ‘अलग राज्य गठन भए, त्यहाँका अल्पसंख्यकहरूको अवस्था के हुन्छ ? जनजाति र दलितको भविष्य कस्तो हुन्छ ?’
प्रश्न सुनेपछि मलाई आफ्नै किताबको याद आयो । मलाई थाह छ, दार्जीलिङमा कसैलाई यो प्रश्न सोधे सोझै निन्दा गरिन्छ । ‘पहिले गोर्खाल्यान्ड देऊ न, अरू सब ठीक भइहाल्छ त’, हामीसँग नेतृत्वले तयार गरिदिएको रेडिमेड जवाफ छँदै छ ।
तर, यही प्रश्न आएपछि मैले पहिलोचोटि अनुभव गरेँ । हामी सबैसँग अलग राज्यको सपना छ । आकांक्षा छ । तर, कहिलेकाहीँ हाम्रो सपनाको राज्य धरि एकार्कामा मेल खाँदैन । कहिलेकाहीँ लेखकको गोर्खाल्यान्ड र समीक्षकको गोर्खाल्यान्ड धरि अलग अलग हुन्छ । अरूको के कुरा गर्ने ?
दार्जीलिङमा राज्य गठन कहिले हुने हो त ? त्यो सवालको जवाफ हामीसँग छैन । यसै पनि राज्य चाहने हामी अल्पमतमा छौं । अल्पसंख्यकहरूको आवाजलाई दबाउन, सरकार अझ धेरै कठोर हुने रहेछ । किनकि, त्यो आवाज दबाउँदा उसलाई कुनै राजनैतिक नोक्सान हुँदैन ।
सबैभन्दा ठूलो कुरा त हामीले त्यो स्पेस तयार गर्न जरुरी छ, जहाँ प्रश्न गर्न सकिन्छ । जुन राज्यमा आफ्नो अधिकारको कुरा गर्दा घर कुड्की हुँदैन । झूटो मुद्दा टाउकोमा बोकेर भूमिगत हुनुपर्दैन । जस्तो अहिले बंगालभित्रको दार्जीलिङमा भइरहेको छ । हामीलाई चाहिएको राज्य त त्यस्तो पो हो त, होइन र ?
राज्य गठनको विषय उसो त सरकारको निर्णयको कुरा हो । हामी आन्दोलन गर्न सक्छौं । दबाब बढाउन सक्छौं । तर अघिका नेताहरूले फोस्रो धम्की दिएझैँ आफैँ राज्यको घोषणाचाहिँ गर्न सक्दैनौं । तब यस्तो बेला हामी के गर्न सक्छौं त ? कमसेकम हामीलाई कस्तो राज्य चाहिएको हो त ? त्यसको धरातल चाहिँ तयार गर्न सक्छौं ।
केही लेखकलाई लाग्छ, गोर्खाल्यान्ड सञ्जीवनी बुटी हो, जो पाएपछि सब समस्याको समाधान छु मन्तर हुन्छ । त्यसो हुँदो हो त राज्य भएका अन्य जातिभित्रका कोही पनि आज शोषित हुन्थेन होला ? कोही बेरोजगार बन्थेन होला ? जनजातिहरूले आफ्नो अधिकारका निम्ति नारा लगाइरहनु पर्थेन होला ? कृषकहरूले आत्महत्या गर्दैन थिए होलान् ? दलितहरूले समाजमा सम्मान र न्यायका निम्ति लडिरहेका हुन्थेन होला ? चिया श्रमिकहरूले न्यूनतम रोजगारका निम्ति पुलिसको डण्डा खाइरहनु पर्थेन होला ?
सबैभन्दा ठूलो कुरा त हामीले त्यो स्पेस तयार गर्न जरुरी छ, जहाँ प्रश्न गर्न सकिन्छ । जुन राज्यमा आफ्नो अधिकारको कुरा गर्दा घर कुड्की हुँदैन । झूटो मुद्दा टाउकोमा बोकेर भूमिगत हुनुपर्दैन । जस्तो अहिले बंगालभित्रको दार्जीलिङमा भइरहेको छ । हामीलाई चाहिएको राज्य त त्यस्तो पो हो त, होइन र ?
हो, छुट्टै राज्यको सपना देख्ने गोर्खा समुदायभित्र पनि थुप्रै जातगोष्ठी छन् । आदिवासी छन् । जनजाति छन् । दलित छन् । उनीहरूले भोलि आरक्षणको कुरा गर्लान् । आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षणका निम्ति आवाज उठाउलान् । त्यसो गर्दा डण्डा हान्ने राज्य हामीलाई चाहिएको हो र ? उनीहरूको आवाज पनि छुट्टै राज्यमा अटाइनुपर्छ । तपाईंलाई यस्तो लाग्दैन ? मलाई त यस्तै लाग्छ । र, त्यही स्पेस निर्माणका निम्ति पनि यी जम्मै समूहले अलग राज्यको निम्ति संघर्ष गर्नुपर्छ ।
कहिलेकाहीँ हामीलाई लाग्छ, दार्जीलिङ हुने खानेहरूको ठाउँ हो । यहाँका मान्छेलाई केवल परिचयको जरुरत छ । तर, त्यसो होइन । दार्जीलिङको आयस्रोतको मुख्य मेरुदण्ड नै चिया खेती हो । जहाँ खटिखाने हाम्रा हजारौं मान्छे अहिले पनि समस्यामा छन् । दैनिक १७६ रुपैयाँ हाजिरामा गुजारा गरिरहेका छन् । उनीहरूले न्यूनतम रोजगारीका निम्ति प्रश्न गर्दा हाम्रो राज्यले कानमा तेल हालेर नबसोस् । हाम्रो सपनाको राज्य त त्यस्तो राज्य पो हो त, जसले चिया श्रमिकहरूलाई आर्थिक मुक्ति पनि दिलाउन सकोस् ।
खासमा ‘फातसुङ’ यही प्रश्नको अभ्यास पनि हो । जसले गणतान्त्रिक गोर्खाल्यान्डको वकालती गर्ने कोसिस पनि गर्छ । जहाँ समाजको माथिल्लो तप्काले मात्रै होइन, तर जनजाति-दलितसँगै हरेक आम नागरिकले पनि प्रश्न गर्न सक्छन् । त्यही प्रश्न गर्ने स्पेससँगको राज्य मेरो सपनाको राज्य हो । हाम्रो सपनाको राज्य हो । र म त्यसैका निम्ति लेख्ने कोसिस गरिरहनेछु ।
हामीसँग रहेका जनजातिहरूको आफ्नै समस्या छन् । दलितहरूको आफ्नै व्यथा छ । महिलाहरूको आफ्नै पीडा छ । श्रमिकहरूको आफ्नै मुद्दा छ । त्यसको माथि एउटा बृहत् मुद्दा छ, त्यही नै अलग राज्यको मुद्दा हो । जसका निम्ति सबै लडिरहेका छन् । तर, हाम्रो संघर्ष भनेको त्यो राज्यको निम्ति हो, जहाँ भोलि हरेक जातगोष्ठीले प्रतिनिधित्व गर्नेछन् । हरेकले आफ्नो स्पेस खोज्न सक्नेछन् ।
अहिले त गोर्खाहरू आफैँ अल्पमतमा छन् । उनीहरूले अधिकार नपाइरहेको अवस्थामा त्यसभित्रको जात गोष्ठीले कसरी न्याय पाउन सक्छन् र ? तर, हाम्रो सपना भनेको त्यो राज्यको हो । जुन राज्य बनिँदा आज बंगालभित्र जसरी गोर्खाहरूले पहिचानको निम्ति लडिरहेका छन् । त्यसरी त्यसभित्रका जनजातिहरूले लड्नुपर्ने छैन । त्यहाँका आदिवासीहरूले गोली खानपर्ने छैन । दलित र महिलाहरूको स्वर दब्न दिइनेछैन । राज्य हामीसँग भए, त्यसभित्रको हरेक जातगोष्ठीलाई न्याय दिलाउने सक्दो कोसिस गरिनेछ ।
हो, मैले त्यहाँ बोल्न चाहेको कुरा यति थियो । तर, अहिले लागिरहेछ । हाम्रो ठूलो समस्या भनेको एकल सोच पनि हो । जुन सोच हामीमाथि जहिल्यै हाबी भइरहेको हुन्छ । र, यसविरुद्ध जसले प्रश्न गर्छ, उसलाई आक्षेप लगाउने कोसिस गरिन्छ । अर्थात् प्रश्न गर्ने हरेकलाई जाति विरोधीको तक्मा झुन्ड्याइने प्रयास हुन्छ ।
जसरी ‘फातसुङ’मा दलितको प्रश्न उठ्दा एक कवि तर्से । र भने, ‘दार्जीलिङमा कहाँ छ छुवाछूत ?' म त अहिले पनि भन्छु । हरेक लेखकले थोरै झुकेर भुइँमा हेर्न जरुरी छ । किनकि, यहाँ त दलित आफै मात्रै वर्गको फेदमा छैन । तर, उही दलित समाजभित्र पनि अर्को अन्तर्विरोध छ । जुन वर्गलाई अघिबाटै समाजको पिँधमा राखिएको छ, उही वर्गभित्र फेरि अर्को वर्ग तयार गरिएको छ । जहाँ कामीले दमाईको छोरीसँग बिहे गर्न निषेध छ । दमाईले सार्कीको छोरीसँग बिहे गर्न प्रतिबन्ध छ । हामी कति अचम्मको समाजमा छौं, होइन र ? लेखकले आफूले बाँचेको समाजको धरातल पनि थोरै छाम्ने कि ?
तैपनि जब गोर्खाल्यान्डबारे सुन्थेँ । दार्जीलिङको आन्दोलनबारे कुरा गर्थें । मलाई त्यहाँका मानिसहरूसँग साँच्चैको घृणा लाग्थ्यो । तर, जब ‘फातसुङ’ पढेँ, तब दार्जीलिङलाई हेर्ने मेरो दृष्टिकोण नै बदलियो । मेरो घृणा प्रेममा फेरियो । म एकचोटि पहाड जान चाहन्छु ।'
खासमा अलग राज्यको आन्दोलनलाई तलबाट पनि हेर्न जरुरी छ । भुइँमान्छेको प्रश्न के हो ? सोच्न जरुरी छ । जनजातिले अलग राज्यको सपनासँगै जनजातिकै हितका निम्ति पनि आन्दोलनलाई लिऊन् । महिलाहरूले आफ्नो अधिकारको सपनासँगै राज्य गठनको आन्दोलनमा भाग लिऊन् । दलितहरूले अलग राज्यसँगै आफ्नै न्यायका निम्ति पनि लड्न सुरु गरून् ।
यी सब नयाँ फोर्सको रूपमा स्वेच्छाले अघि आऊन् । तब हाम्रो आन्दोलन दस गुणा बलियो भएर जानेछ । तर, त्यहाँ कुनै एकल नेतृत्व वा महामहिमको फर्मान मात्रै चल्नेछैन । आम सहमतिमा आन्दोलन अघि बढ्नेछ । यसो भइदिए एउटा नयाँ बाटो तयार हुनेछ । जहाँ एउटा नेतालाई किन्नासाथ आन्दोलन सकिनेछैन । सम्झौतामा पुगेपछि आफ्नैहरूबीच काटाकाट हुनेछैन । आम मान्छेको सपनामाथि लात हान्ने जुन संस्कार दार्जीलिङमा सुरु भएको छ, सायद त्यो बन्द भएर जानेछ ।
एकचोटि सोचेर हेर्ने कि ?
नत्र त, आन्दोलनको नाममा भएकै सम्पति जलायो । फेरि सम्झौतामा आयो । विकासका नाममा त्यही जलेको थोकलाई बनायो ।
यही क्रम दार्जीलिङमा अझै चलिरहनेछ ।
फरक दृष्टिकोण
अँ, फेरि फेस्टिभलतिरै फर्कौं है त ।
कार्यक्रम सकिन लाग्दाको कुरा हो । स्टेजमा एउटी भद्र महिला चढिन् । र भनिन्, ‘दुई सालअघि यस कार्यक्रममा भाग लिने तीन जनालाई पुलिसले पक्रियो । अघिल्लो साल एक जनालाई पक्रियो । थाह छैन, यो साल कसलाई पक्रिने हो ?’
म झसङ्ग भएँ ।
स्टेजको अघिल्तिर किताबको स्टल थियो । त्यहीँ छरिएका किताबका गत्ताहरू मैले नियाल्न सुरु गरेँ । ठीक त्यही बेला हो । पच्चीस–छब्बीस वर्ष पुगेका एक बंगाली युवक मेरा नजिक आए । र सुस्तरी भने, ‘म आयुष राय । सत्यजित रोय फिल्म इन्स्टिट्युटका विद्यार्थी । तपाईंसँग दुई मिनट कुरा गर्न सक्छु ?
‘किन दुई मिनट ? बसेर दस मिनट गफ गरौं’, मैले चियर तान्दै भनेँ ।
अनि ?
उनले बिस्तारै सुरु गरे, ‘मेरो बाबा सीपीएमका हुन् । १९८६ मा जुन आन्दोलन भयो । त्यसभन्दा पछि जन्मिएको हुँ म । तैपनि जब गोर्खाल्यान्डबारे सुन्थेँ । दार्जीलिङको आन्दोलनबारे कुरा गर्थें । मलाई त्यहाँका मानिसहरूसँग साँच्चैको घृणा लाग्थ्यो । तर, जब ‘फातसुङ’ पढेँ, तब दार्जीलिङलाई हेर्ने मेरो दृष्टिकोण नै बदलियो । मेरो घृणा प्रेममा फेरियो । म एकचोटि पहाड जान चाहन्छु ।'
मलाई थाह थिएन, यो बेला जवाफमा मैले के भन्नु पर्थ्यो ?
त्यही भएर म थोरै अल्मलिएँ ।
अनि, प्रेमका एक हरफ मुस्कान उसको आँखामा छोडिराखेर सुस्तरी लिफ्ट भएतिर लम्किएँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया