ब्लग

अधुरो स्वैर सहयात्रा

सरोज भट्टराई |
जेठ ६, २०८१ आइतबार १३:३५ बजे

कहिलेकाहीँ म सोच्दछु: मैले तिम्रा लागि आफ्ना भावना स्वीकार गरेको भए यो दिन फरक हुन्थ्यो?

जब कसैले एक्लो महसुस गर्दछ तब आफ्ना जीवनका मन पर्दा भागका व्यक्तिका सम्झनाहरू साँचेर आफैंलाई दुःखी बनाउँछ।


मानिसहरू अनौठा छन् मलाई लाग्छ : म नै सबैभन्दा अनौठो छु। जब म एक्लो महसुस गर्छु तब मेरा विचारहरू ती दिनहरूमा उफ्रिन्छन् जहाँ हामी सधैंभरि सँगै हुन्छौं। तिमी मेरी प्रेमिका थिइनौ तर मलाई के लाग्थ्यो भने हाम्रो गहिरो सम्बन्ध छ। मैले भावनाहरू कहिल्यै स्वीकार गरिनँ किनभने मलाई के डर थियो भने तिमी दुखी पो हौली कि? हो, म त्यस्तै मूर्खमूर्ख थिएँ।​

कहिलेकाहीँ सोच्छु मैले तिम्रा लागि भावना स्वीकार गरेको भए यो दिन फरक हुन्थ्यो होला? तिमी मेरा छेउमा हुन्थ्यौ ! मैले तिमीलाई कति माया गर्छु भनेर खुलासा गरेको भए ? म मद्दत गर्न सक्दिनँ तर हाम्रो बन्धनका सम्भावनाहरूप्रति चरम आश्चर्यचकित हुन सक्छु। म जीवनभर सहयात्रा जारी राख्न चाहन्थेँ तर कस्सम! तिम्रो मनमा म बाहेक अरू कोही छ भन्ने मलाई थाहा थिएन; थाहा हुँदै भएन ।

तिमीले मसँग सबै कुरा खोलेर साझा गर्‍यौ तर सत्य के थियो भने तिमी कसैका अन्तरमा बसिकेकी थियौ। त्यो ‘कोही’ मेरै स्कुलदेखिको मिल्ने ठिटो थियो । उसलाई भिडियो गेमहरू खेल्न मन लाग्थ्यो जुन मैले कहिल्यै रमाइलो मानिनँ;तिमीलाई त्यस्तै केटा मनपर्ने भएर पो होकि !​

झरीपरेका दिनम तिमी उसका समीपमा रहेको कल्पना गर्छु। कसो सोच्छु भने हामी सँगै भएको भए झ्याल छेउमा गएर तलको सडकमा पानी जमेका डुबुल्काहरूको  अवलोकन गर्दथ्यौँ । नत्र हामी टेरेसमा सिँढी चढेर पानीमा भिजेका हुने थियौं। मलाई थाहा छैन; तिम्रो प्रेमी आफ्ना पुरानो दिनभन्दा फेरिएको छ कि छैन र पीसीमा खेल खेल्न छोडेको छ कि छैन !

कसलाई थाहा छ र ऊ रोमान्टिक मानिसमा परिणत भएको जसले तिम्रो जीवनलाई खुसी र हाँसो भर्न हरदम पसिना काढ्दो छ। म के चाहिँ अनुमान गर्न सक्छु भने तिमीले म भन्दा मेरो साथी किन रोज्यौ भने ऊ म भन्दा केटीहरूसँग धेरै विश्वस्त थियो । बोल्ने मौका पायो भने ऊ घन्टौँ कुरा गर्थ्यो । अरूलाई  मन परोस् वा नपरोस् कुनै पर्वाह नगरी ऊ कुराकानी गरिराख्थ्यो र त्यसो गर्न साँच्चै खपिस थियो । यता म अलिक अन्तर्मुखी मानिस थिएँ र मैले आफूसँगै रहेका महसुस गरिएका मानिसहरूसँग मात्र कुरा गर्थेँ ।

म सम्झन्छु - तिमीले कलेजको टेरेसमा सँगै बिताएका समयका थोपा थोपा ! तिमीले प्रेमकहानी सुनाउँदै आँसु बगाएकी थियौ र म पनि आँसु थाम्न नसकेर भक्कानिँदै रोएको थिएँ नि ! यो मेरो साथी तिम्रा जीवनमा आउनु अघिको कुरा हो। तिमीले मलाई आफ्नो अन्तिम प्रेमी कठोर थियो भन्ने कुरामा ठूलो विश्वास दिलाइथ्यौ । यो कुरा तिमी स्वीकार गरे पनि नगरे पनि ।​

यति हुँदाहुँदै पनि तिमीले अझै उसै पूर्वलाई माया गर्थ्यौ। मलाई दु:ख लाग्थ्यो र तिम्रा पीडामा सहयोग गर्न सकूँ भन्ने कामनामा हुन्थे तर मैले प्रस्ताव गर्न सक्ने एउटै कुरा आश्वासन मात्र थियो: "तिमीले ऊसँगको;सम्बन्ध जारी राख्न आवश्यक छैन,ऊ भन्दा सयौँ गुना योग्य मान्छे पाउँछ्यौ" सायद मैले यसो पनि भनेको हुँदो हुँ।

तिमीले मेरो आँखामा हेरेकी थियौ र, त्यो पल, तिमीले पनि मलाई माया गर्छ्यौ भन्ने मलाई लाग्दो हो। तिमीले मलाई आफ्ना पूर्वप्रेमीको बारेमा भनेकी थियौ —उसले धेरै केटीहरूसँग डेट गरिरहेको थियो भनेर तिमीले कसरी पत्ता लगाएकी थियौ । तिमीले भनेकै थियौं "मलाई थाहा छैन किन म उसलाई छोड्न सक्दिन तर मलाई थाहा छ - ऊ हाम्रो सम्बन्धमा कहिल्यै प्रतिबद्ध छैन'' भनेर। "सबै ठिक हुन्छ" भनेर मैले भन्न सकेको थिइन, त्यस बेला।

मैले भित्रभित्रै के भनेको थिएँ भने 'तिमीले उसको बारेमा सोच्न छोड्नुपर्छ र तिम्रा लागि म छु'!  हाम्रो जीवन बदल्न सक्ने त्यो बहादुर सोच त्यतिखेरै उच्चारण नगरेकोमा मलाई खेद छ। मेरा साथीले तिमीलाई के प्रतिज्ञा गरेको हुनुपर्छ भने उसले तिम्रा जीवनमा खुसीको बहार नै ल्याइदिन्छ। र त, तिमीले उसलाई विश्वास गर्यौ ! हो, उसलाई माया गर्न रोज्यौ। जे भए पनि फरक पर्दैन कसैलाई।

 

तिमीले मलाई एकपटक के भनेकी थियौ भने तिमी आफ्ना बुबालाई खुब माया गर्छौ तर आमालाई होइन। मैले सोधेथेँ किन ? तिमीले मलाई अरू कुरा होइन, उसका बारेमा चाहिँ सोध्नु भन्यौ। एक दिन तिमीले मलाई आफ्नै डेरामा खाजा खानका लागि बोलाएकी थियौ। त्यस दिन मैले तिम्रा कोठाका भित्तामा तिम्रा बुबा र भाइका फोटा फ्रेममा सजाएर राखेको देखेको थिएँ । त्यहाँ आमाको कुनै फोटो थिएन। आमाप्रतिको तिम्रो अनास्था र खटपटी किन ? मेरा मथिङललाई त्यो अझै बडो रहस्यको भारी बनेकै छ।

मसँग यस्ता गोप्य कुरा बाँड्ने गर्दथ्यौ भित्रभित्रै र बाहिर हाम्रो भेट कम कम नै हुन्थ्यो । हामीलाई संयोगले जुटाउँथ्यो,कुरा गराउँथ्यो र अप्ठ्यारोसँग सामना गर्ने तरिका सुझाउँथ्यो। जब मेरो‌‌ ब्याचलर सकियो हामीबीचको साथीको नाता पनि सकियो।  मलाई ड्राइभिङको सट्टा पैदल हिँड्न र नयाँ ठाउँहरू अन्वेषण गर्न मन पर्छ। त्यसपछिको एक साँझ, भव्य मोटरसाइकलको पछाडिको सिटमा तिमीलाई सवार देखेको थिएँ। सायद तिमी एक मनमोहक रेस्टुरेन्ट वा महँगो कफी पसलमा डेटमा जाँदै थियौ।

मैले त्यस साँझ तिमीहरू दुवैलाई नमस्कार गरेर आफू लक्ष्यविहीन गन्तव्यमा अघि बढेको थिएँ। एकपल्ट जतिखेर तिमी र म रत्नपार्क पुग्ने लोकल बसको प्रतीक्षामा थियौँ त्यतिखेर तिमीले सोधेकी थियौ - “तिमीलाई मोटरसाइकलको लगाब छैन ?” ''मलाई हिँड्न बढी मनपर्छ" भनेर मैले भन्दा तिमीले लोप्य्राएको ओठले मेरो स्वैरकल्प मनलाई पा पछारे झैँ पछारेको थियो । र ऊ मलाई त कति  अपमान सहन सक्छस् केटा भनेर सोधिरहेको थियो। खासमा मोटरसाइकल नभएकोमा मलाई कहिल्यै लाज लागेन किनभने मभित्र एउटा अर्को पैदल हिड्न रुचाउने मान्छे सधैँ सँगै हुन्थ्यो। ऊ मलाई भन्थ्यो तेरा आफ्नै तरिका छन् जुनलाई थाहा छ तेरा लागि उत्तम के हो।

हो! यदि हामी सँगै थियौं भने तिमी मेरो छेउमा हिड्नुपर्थ्यो र म तिमीलाई  क्याफेहरूको सट्टा नदी, जङ्गल र पार्कहरूमा लैजान्थेँ। तिमीले त्यो मन पराउँथ्यौ र? म तिम्रा लागि केही पङ्ति लेख्ने थिएँ र हिँडेर थकित महसुस गरेर विश्राम गरेका बेला मधुर स्वरले त्यो पढ्ने थिएँ हुँला। तिमीले आफ्नो टाउको मेरो काँधमा झुकाउने थियौं र हाम्रो बेपरवाह यात्रा जारी राख्न खुट्टा नउचालुन्जेल घाँसे गद्दामा बसेरै तिमी ती मेरा गद्यको प्रशंसा गर्दै हुन्थ्यौ। म एक्लै हिड्नु पर्दैनथ्यो बेपरवाह यात्रा।

साँचै भनूँ? मैले मेरो साथीसँग ईर्ष्या गर्न थालेँ जब मैले तिमी र ऊ सम्बन्धमा छौ भन्ने थाहा पाएँ। मैले इन्स्टाग्राममा तिम्रा डेटका फोटोहरू पोस्ट भएको देखेँ। जतिबेला मैले तिमीलाई मध्य सहरको चोकको ओभरहेड ब्रिजमा संयोगवश भेटेँ, त्यतिबेला तिमीले मसँग सधैँभन्दा बढी र फरक कुराकानी गर्‍यौ र मैले "तिमीहरू दुईको म साँचो साथी हुँ र दुवैबाट विवाहको निमन्त्रणा लिन्छु" भनेर जिस्क्याउँदा तिम्रा आँखाले एक सुवासिलो चमक दिएका थिए। म त्यो कहाँ भुल्न सक्छु र?"हो: तपाईं गर्नुहुन्छ" त्यस क्षण तिमीले थपेकी थियौ।

जब हामी छुटिन लागेका थियौं, तिमीले मलाई खाजाको लागि आमन्त्रित गर्ने कुरा गरेकी थियौ र भनेकी थियौ - "ऊनि आउँछ नि!" मैले आमन्त्रण स्वीकार गर्न लागेको के थिएँ‌ मेरो भावबाट तिमीले मेरो अनिच्छा पत्तो लाएझैँ  अनुहार टिठलाग्दो बनाएकी थियौ । त्यति खेर मात्र म सधैँभरि तिमिसँग प्रेममा थिएँ भन्ने तिमीले ठानेको मैले अनुभूत गरेको थिएँ।

जब मैले केही हप्तापछि फोन उठाइनँ, यसले तिमीलाई के आश्वस्त पारेको हुनुपर्छ भने म मेरो साथी - तिम्रो प्रेमीको ईर्ष्या गर्छु । तिमी कहिले पनि मेरो हुने छैनौँ र म तिमीलाई कसैसँग देखे म पनि मन पराउने छैन। तथापि मभित्रको उसले तिम्रो खुसीका लागि प्रार्थना गरिरहन्छ। एक अद्भुत् स्वैरकल्पनामा अडेको छ हाम्रो सहयात्रा अनिश्चित गन्तव्यको।

 

 

 

 


Author

थप समाचार
x