ब्लग

घरेलु कामदार बनेर सपना पूरा गर्नेहरूका लागि

पूजा बस्‍नेत |
साउन ९, २०७८ १८:३० बजे

सानैदेखि सरकारी विद्यालयमा पढ्नेहरूलाई थाहा हुन्छ, उनीहरूका कयौँ साथीहरू काठमाडौँमा कसैका घरमा बसेर काम गर्छन् । मेरा पनि थिए र तिनै मध्ये भर्खरै साथी बनेकी एक सपना पनि हुन् । उनी शालिन छिन् । जो देखे पनि मुसुक्क हाँसिदिन्छिन् । केहि काम गर भने तुरुन्तै मान्छिन् । कुनै प्रतिवाद गर्दिनन् । 

यो स्वभाव सपनाको मात्रै होइन काठमाडौँमा धनीका घरमा काम गर्न आएका हरेक किशोरीको हो । सपना जस्ता कयौँ छन् जो आफ्नो सपनालाई भुलेर घरधनीको सेवामा आफूलाई समर्पित गर्छन् । उनीहरूको एक मिठो वचनलाई उनीहरूले अमृत ठान्छन् । उनीहरूको गालीमा आफ्नो गल्ती खोज्छन् । यो  परिदृश्य सपनाको मात्रै होइन  हरेक धनीका घरमा काम गर्ने निर्मला, माया, श्वेताको हो । (यो ब्लगमा  सहकर्मी पूजा बस्‍नेतले उनकी साथीले  व्यक्त गरेका विचारलाई आफ्नो भाषा उतारेकी छन् ।)


सपनाले बोलेका शब्द जस्ताको त्यस्तै :

चावहिलमा बिहानको आठ बजे तरकारी पसलमा प्राय: हुल नै हुन्छ । अझ चाबहिलको त्यो मैजुबहाल गल्लिमा त मानिसहरू तरकारी किन्‍नका लागि तछाडमछाड गरिरहेका हुन्छन् । म पनि बिहानै मुख कुल्ला गरेसाथै परिवारका लागि तरकारी र ब्रेकफास्ट एकैचोटी लिन जान्छु, समय बचाउन । म परिवारका सदस्य कसलाई के तरकारी मन पर्छ फ्याट्टै भन्न सक्छु । त्यहि पृष्ठभूमिमा तरकारी किनेर लग्छु  । तर आफूलाई चाहिँ के मन पर्छ नि भनेर कसैले सोध्यो भने उत्तर - थाहा छैन ।

यहि कोठा मेरो एक्लोपनको साथी हो । यहि कल्पना गर्छु ।  कसैसँग चित्त दुख्यो भने कोठाकै भित्तासँग रिस फेर्छु । घरको सम्झना आए पनि भित्तामै आमाको आकृति खोज्छु । 

म अर्थात् सपना । मेरो उमेर १७ वर्ष । डेढ वर्ष अघि काभ्रेबाट पढ्न भनेर म काठमाडौँका एक घरधनीकोमा काम गर्न आएकी हुँ । घरमा भाँडा, लुगा धुने, भाइलाई हेर्ने र सफा गर्ने गर्दिएको बदलामा मेरो इच्छा पढाइ हो ।  तर मेरो पढ्ने सपना ‘सपनामै सिमित होला जस्तो छ । किनभने म आएको एक महिनामै पहिलो लकडाउन भइदियो । बीचमा विद्यालय त खुल्यो तर काम गर्ने घरमा वृद्ध र बालबालिका भएको हुँदा कोरोनाको डरले सरकारी स्कुल भर्ना गर्दिए पनि स्कुल जान सक्ने अवस्था छैन । न अनलाइन पढ्न नै पाएकी छु ।  कोहीकोही बेला दीदीको मोवाइल पाएँ भने अनलाइन पढ्छु ।

घरधनीको थर पौडेल । काठमाडौँमा घर भएका धनीहरू घरमा काम गर्ने मानिसको जात पनि आफ्नै बराबरको होस् भन्ने चाहन्छन् । तर मेरो काम गर्ने घरका छोरा बुहारी शिक्षित भएर होला उद्धार रूपले मेरो जातलाई स्वीकार गरे । सुरुसुरुमा त मलाई किन ल्याएको भनेर हजुरआमा हजुरबुवाले खुब दिज्यूलाई गाली गर्नुहुन्थ्यो । त्यो गाली मेरा कनामा पनि पर्थे । तर मलाई अहिलेसम्म जातलाई लिएर केहि भन्नुभएको छैन ।

जात एउटै नभए पनि मैले काठमाडौँका धनाढ्यहरूले बोल्ने 'आइस्यो, गइस्यो' भाषा भने मजैले सिकेकी छु। घरमा साना भाइबहिनी छन्,’ मैले तपाई भनेर सम्बोधन गरे उनीहरूले पनि त्यहि सिक्छन् रे । त्यो भन्दा बरु मैले आफैँ उहाँहरूको भाषा सिक्दिए । मैले कसैका अगाडि ‘आइस्यो, गइस्यो’ भनेर बोल्दा साह्रै अफ्ठयारो लाग्छ, तर नबोल्नुको विकल्प छैन ।

०००

पाँच तले घरमा काम गर्ने मेरो कोठा साँघुरो छ । एउटा खाट । सानो टेबल । किताब, लुगा मजैले अटेका छन् । बस्‍ने, सुत्ने ठाउँ छँदैछ यो भन्दा बढी मलाई किन चाहियो हैन ? सबैले यस्तै भन्छन् । मलाई पनि हो जस्तो लाग्छ ।  यहि कोठा मेरो एक्लोपनको साथी हो । यहि कल्पना गर्छु ।  कसैसँग चित्त दुख्यो भने कोठाकै भित्तासँग रिस फेर्छु । घरको सम्झना आए पनि भित्तामै आमाको आकृति खोज्छु । 

कोभिड संक्रमण र लकडाउनका कारण मेरा मालिकका छोराछोरी घरै बस्छन् । उनीहरूले अर्डर गरेअनुसारको ‘ब्रेकफास्ट’  बनाउँछु । अनि त्यसपछि हजुरबाको पालो आउँछ । उहाँलाई चिया दिएर आफू पनि खान्छु ।  अंकलले दिएको पैसाले सरसामान सकिएको भए लिएर आउँछु ।  त्यसपछि लुगा धुने, खाना बनाउने, सफा गर्ने, पोछा लगाउने गर्नुपर्छ । यत्तिकै बित्छ, दिन । 

म भन्दा २ वर्षे जेठी दिदी अमेरिका जान तयारी गर्दै हुनुहुन्छ। १० कक्षामा पुग्‍ने म चाहिँ स्कुल कहिले जान दिने हुन् भन्ने प्रतीक्षामा । तर पनि मलाई गुनासो छैन, कीनकी म त्यहाँ काम गर्ने बसेकी हुँ ।

काम सकेर यसो पढौँ भन्यो, फेरी बेलुकाको खाना बनाउने सुरसार गर्न परिहाल्छ । अनि साँच्चै मैले हजुरआमाले भगवानलाई जल चढाउने पुजाको भाडा पनि माझ्‍ने गरेको छु । फुलका पाती टिपेर मैले माझेको पुजा थालीमा राख्नुहुन्छ । त्यही धूप बाल्नुहुन्छ । तर मलाई त्यो पूजा गर्ने कोठासम्म जाने अनुमति छैन । किनभने मेरो जात बाहुन होइन ।

एउटा घटना सम्झिँन चाहे, एक दिन घरमा बाबुको ‘बर्थडे’ थियो । हजुरमाले टिका राखेको थाली लिएर आइज भन्नु भयो ।  मैले सबै ठाउँ खोजे कतै पाइँन । अनि लाग्यो, पुजा कोठामा होला । कोठा खोलेर हेरेँ त्यही रहेछ ।

पूजा कोठा पस्नै लाग्या थिँए, हजुरमा आएर झम्टिदेँ भन्नुभयो, ‘तिमीहरू केकेको मासु खाने जातका लागि यो मन्दिर बनाएको होइन ।’ म स्तब्ध, केही बोल्न सकिन । निकै नरमाइलो लाग्यो । खासमा हजुरमा बुझ्‍ने नै मान्छे हो । जातमा विश्वास गर्नुहुन्न मैले यो सन्दर्भ आएर मात्रै कोट्याएको हुँ ।

आमालाई सहरमा गएर नर्स बनेर आउँछु भनेर घर छाडेकी थिए । त्यो सपना अझै मरेको छैन मेरो। घरधनीसँगै पैसा सापटी मागेर नर्स बन्ने मन बनाएकी छु । तर आफैँमा घरमा काम गर्दागर्दै दिन बित्छ, कसरी पढ्ने ?  कहिलेकाँहि पढ्नै सक्दिनझैँ लाग्छ । भाग्यमानी छु म घरधनीले धेरै गाली र किचकिच गर्नुहुन्न । तर पनि पढ्न एकै छिन कोठामा बस्दा हजुरआमाले काम लगाइहाल्नु हुन्छ ।

अरु त अरु साबुन स्याम्पुको समेत खटनी हुन्छ । खाना खाँदा मैले अन्तिममा खानुपर्छ । तर पनि गुनासो छैन, किनकी म त्यहाँ काम गर्ने बसेकी हुँ । म बस्ने घरका छोरा बुहारीदेखि नातिनातिनासम्म सबै शिक्षित छन् ।  गन्यमान्यमै पर्छन् । म भन्दा २ वर्षे जेठी दिदी अमेरिका जान तयारी गर्दै हुनुहुन्छ। १० कक्षामा पुग्‍ने म चाहिँ स्कुल कहिले जान दिने हुन् भन्ने प्रतीक्षामा । तर पनि मलाई गुनासो छैन, कीनकी म त्यहाँ काम गर्ने बसेकी हुँ ।

अब मेरो गाउँ फर्कियौँ 

काभ्रेपलान्चोक जिल्लाको भम्लु गाउँपालिका भुम्लुटार भन्ने ठाउँमा घर छ । कुरा गत वर्ष पुसतिरको हो ।  बुवाको मृत्यु भयो । तर के रोगले बित्नुभयो थाहा छैन । जे भएपनि मेरो  गाउँमा भएको अस्पतालले बुवाको ज्यान जोगाइदिन सकेन । अनि त्यहिबाट प्रण गरेँ धेरै पढेर ‘नर्स’ बन्छु। तर कसरी ? घरमा आफू सहित दुई दाइ र एक बहिनी छन् ।

घरको मुली नै नभएपछि नर्स बन्न त परै जाओस् खान समेत धौधौ हुने थियो । भएको एउटा दाइ पनि साथीको लहलहैमा पढाइबीचमै छाडेर पोखरातिर बसको सहचालक हुन गइसकेको थियो । आक्कलझुकल पैसा पठाउँथ्यो । अर्को दाइ १० मा पढ्दै । बिचरा एक्ली आमाले अब खाना दिनु कि पढाउन । तर मेरो सपना म जस्तै दृढ थिए ।

मलाई हिन्दी भजन र सिरियल भन्दा गाउँघरमा गाउने भजन र नेपालका मेरी बास्सै, भद्रगोल जस्ता सिरियल मन पर्छन् तर ती लगाइँदैनन् । भलै म त्यो घरकी रगतको नाता भएकी सदस्य होइन । 

मेरो गाउँकै साथीको आमा मार्फत अहिले काम गर्न आएको घर बेटीसँग चिनारी भयो । उनीहरूले पनि मेरो व्यवहार मन पराए । अनि आए रगिंन सपना बोकेर काठमाडौँ ।  तर सोचेजस्तो सजिलो कहाँ छ र ?  मलाई गाउँको घरप्रति कुनै निराशा । छ त केवल एक सपना । तर कोभिडको कारण यता न उता भने पक्कै भएकी छु । 

गाउँघरमा त्यो  धान रोपेको, आफ्नै भाषाका गीत गुनगुनाउँदै बिहान पानी लिन हिँडेको, आमाले रातो बनाएर पकाएको  सुँगुरका मासु, खुबै याद आउँछ । तर यहाँ त लसुन प्याज पनि धित मरुन्जेल खान पाइन्न । गाउँमा जस्तो भुर्रर उडेर अम्बाको बोटमा बस्‍न पाइन्‍न । काम गर्न मन नलाग्दा आमालाई जस्तो हेप्‍न पाइन्‍न । 

यहाँ मैले सबै इच्छा, आकांक्षा छोड्नु परेको जस्तो लाग्छ। किनभने मलाई मासु खान ज्यादै मन पर्छ तर काम गर्न बसेको घरमा एकाध बाहेक खाँदैनन् । मासु खानै परे घरमा भएका छोराबुहारीका परिवारसहित दिदी दाइ सबै बाहिरै खान्छन् । तर घरमा आमा बाबाको डरले वा संस्कारले ल्याउँदैनन् । त्यसैले मैले खान पाउँदिन ।

मलाई दाल र काउलीको तरकारी मन पर्दैन । तर घरमा प्राय: त्यहि पाक्ने गर्छ । किनकि मभन्दा दुई वर्षे दिदिलाई काउली फ्राई गरेको मन पर्छ । मलाई हिन्दी भजन र सिरियल भन्दा गाउँघरमा गाउने भजन र नेपालका मेरी बास्सै, भद्रगोल जस्ता सिरियल मन पर्छन् तर ती लगाइँदैनन् । भलै म त्यो घरकी रगतको नाता भएकी सदस्य होइन ।  मैले त्यस घरमा वर्ष दिनदेखि आफ्नै जसरी काम गर्दै आएकी छु । तर त्यहाँ मेरो मानसिकताको केही मतलब गरिदैँन ।

कताकता धनी मान्छेले जानी-नजानी बोलेका शब्द र व्यवहारले साह्रै चित्त दुख्छ । त्यसैले यो ब्लक लेखेकी हुँ । म बुझ्छु सहरमा काम गर्न आएका कयौँ मजस्ताका समस्याहरू यस्तै छन्, बोल्न सक्दैनन् ।

मलाई पनि सहर घुम्‍न, अ‌ंकलको कार चढ्न भाइको हातमा भएको आई प्याड चलाउन, दिदीले जस्तै ल्यापटप खेलाउने चाहना हुन्छ । त्यो मैले  पाउँदिन । पाउनैपर्छ भन्ने पनि छैन । तर म गरिबकी छोरीलाई उनीहरूले राम्रा सामान प्रयोग गरेको देखेपछि लोभ त लागीहाल्छ नी हैन ?

फेरी मलाई पनि अङ्ग्रेजी बोल्न जान्नु छ तर कसैलाई भन्न सक्दिन। मलाई पनि साथीहरूसँग घुम्‍न जान मन लाग्छ तर अनुमति माग्‍न हिम्मत जुटाउन पनि सक्दिन । कोहिबेला सबै बाहिर डिनरका लागि जान्छन् तर मलाई 'तँ पनि जान्छेस्' भनेर कसैले सोध्दैनन् । तर पनि बस्‍न खान र पढ्न दिएकै छन्, केको सिकायत ।

यो मैले नितान्त मेरा कुरा लेखेकी हुँ । जहाँ म मेरो घरधनीको परिचय खोल्न चाहान्‍न । म खुसी छु  । तर कताकता धनी मान्छेले जानी-नजानी बोलेका शब्द र व्यवहारले साह्रै चित्त दुख्छ । त्यसैले यो ब्लक लेखेकी हुँ । म बुझ्छु सहरमा काम गर्न आएका कयौँ मजस्ताका समस्याहरू यस्तै छन्, बोल्न सक्दैनन् ।

अझ यो भन्दा बढी दुखबाट गुज्रिएका छन् । सुख पनि पाएका छन् ।  यो ब्लक मेलै महसुस गरेका कुराका आधारमा लेखेको हुँ, पढेपछि अवश्य पनि आफ्नो घरमा काम गर्ने बसेकाहरूको पनि मानसिक अवस्था बुझ्नुहुन्छ भन्ने आशा पनि राखेको छु ।

 

 

  



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x