बालबालिका

राष्ट्रपतिलाई विधिको सन्देश :

अचाक्ली वन विनाश भयो !

इकागज |
पुस १४, २०७७ मंगलबार १६:१५ बजे

विधि सिजापती थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गर्दै एउटा भिडियो सन्देश पठाएकी छन् । उनले भिडियोमार्फत् नेपालमा वन विनाश बढेको विषयमा चिन्ता व्यक्त गरेकी हुन् । 

सात वर्षे विधिले भिडियो सन्देशमा भनेकी छन् :


सम्माननीय राष्ट्रपतिज्यू, 

नेपालमा वन विनाश अचाक्ली बढेको छ । यसलाई हजुरले रोक्नुपर्छ । वन विनाशले प्रकृतिको सौन्दर्य मासेको छ । साथै जीवजन्तुको बसोबाससमेत उजाडिएको छ । मानिसलाई पनि बाँच्नका लागि रूख आवश्यक छ । 

मेरो बेडरुमको लागि फर्निचर कहाँबाट आउँछ ? यो सबै रूखबाट बन्छ । सकिन्छ जति रूख काट्छौं, त्योभन्दा बढी रोपौं । नसके जति काट्छौं, त्यति रोपौँ ।


Author

थप समाचार
x