आमचुनाव २०७९

मधेश प्रदेशसभामा सीके राउतको पार्टीले खाता खोल्यो, सप्तरी २ (ख) मा महेशप्रसाद यादव विजयी

इकागज |
मंसिर ६, २०७९ मंगलबार १२:४७ बजे

काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेश सभामा खाता खोलेको छ। सप्तरी २(२) मा जनमत पार्टीका उम्मेदवार महेशप्रसाद यादव १३ हजार ३ सय २५ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेशकुमार यादवले ७ हजार २३ मत प्राप्त गरे। 

सप्तरी २ को प्रतिनिधिसभामा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत फराकिलो मतान्तरले अगाडि रहेका छन्। उनले अहिलेसम्म १३ हजार ७ सय ५९ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६ हार ९ सय ५१ मत पाएका छन्। 



Author

थप समाचार
x