आमचुनाव २०७९

जितपछि श्रेष्ठलाई बधाई दिँदै मिलनले भने– यो पटक परिणाममुखी काम गर्नुहुनेछ भन्ने विश्वास छ

इकागज |
मंसिर ६, २०७९ मंगलबार १५:५९ बजे

काठमाडौँ– प्रतिनिधिससभा सदस्यका लागि काठमाडौं– ९ बाट उम्मेदवारी दिएका मिलन पाण्डेले कृष्णगोपाल श्रेष्ठलाई बधाई दिएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका श्रेष्ठसँग पराजित भएपछि पाण्डेले बधाई दिएका हुन् । 

२ हजार ३२७ मतसहित पाँचौँ भएका पाण्डेले बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा कृष्णगोपाल श्रेष्ठजी विजयी हुनुभएकोमा धेरै–धेरै बधाई । यो पटक काठमाडौं–९ का नागरिकका निम्ति परिणाममुखी काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’


श्रेष्ठले राम्रो गर्दा आफूले साथ दिने र नराम्रो खबरदारी गर्ने पाण्डेले बताएका छन् । आफूले आगामी पाँच वर्षका लागि घोषणा गरेका कामहरू एउटा टिम बनाएर गर्ने उनको जिकिर छ । 

पाण्डेले सम्पूर्ण मतदाताहरूलाई पनि धन्यवाद दिएका छन् । 

श्रेष्ठ ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका छन् । 

पाण्डेले २०७४ को निर्वाचनमा श्रेष्ठकै सामना गरेका थिए । त्यतिबेला उनले करिब ५ हजार मत पाएका थिए । 
 


Author

थप समाचार
x