आमचुनाव २०७९

सुनसरी-२ मा एमाले र कांग्रेसलाई पछि पार्दै स्वतन्त्र लाग्यो अघि

इकागज |
मंसिर ६, २०७९ मंगलबार १६:१४ बजे

काठमाडौँ- सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले १ हजार ८३७ मत ल्याएका छन्। एमालेका भीमप्रसाद आचार्य र कांग्रेसका सीताराम मेहतालाई पछि पार्दै  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थापाले अग्रता लिएका हुन् । 

निर्वाचन क्षेत्र २ प्रतिनिधिसभातर्फ ५ हजार मतगणना हुँदा कांग्रेसका सीताराम मेहताले १ हजार १९७ मत त्याएका छन्  । त्यसैगरी एमालेका भीमप्रसाद आचार्यले १ हजार ३२७ मत प्राप्त गरेका छन् । आचार्य प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत हुन् भने मेहता पनि यातायात राज्यमन्त्री भइसकेका छन् ।



Author

थप समाचार
x