आमचुनाव २०७९

आमनिर्वाचन २०७९

सहरमा रास्वपाको उदय : जब स्थापित नै विस्थापित बने...

इकागज |
मंसिर ७, २०७९ बुधबार ११:५२ बजे

काठमाडौं– नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपत्यकाका चार क्षेत्रमा पुरातन दललाई पराजित गरेर आफ्नो किल्ला गाढेको छ । ललितपुर–३, काठमाडौं–२, काठमाडौं–७ र काठमाडौं–८ मा पुराना दललाई पछाडि पारेर रास्वपाले वर्चस्व बनाएको हो ।

रास्वपाबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्की जित्ने निश्चित भइसकेको छ । डा. कार्कीले १५ हजार ८ सय ५९ मतसहित शीर्ष स्थानमा छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले ८ हजार ७ सय २० मत ल्याएका छन् । गएका दुई निर्वाचनमा विजयी हुँदै आएकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन् । भुसालले ५ हजार ९ सय ३९ मत पाएकी छन् । 


काठमाडौं– मा रास्वपाकी सोविता गौतम विजयी भएकी छन् । २७ वर्षीय गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई करिव ४ हजार मतान्तरले पराजित गर्दै सांसदमा निर्वाचित भइन् । गौतमले १५ हजार २ सय २९ मत पाउँदा फुयाँलले ११ हजार ५ सय ५५ मत ल्याए । पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो बनिन् । उनले ९ हजार ४ सय ४९ मत पाइन् ।  

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुलीले निकटतम प्रतिद्वन्द्वी श्यामकुमार घिमिरेलाई २९ सय बढी मतले पराजित गर्दै सांसद बने । पुराजुलीले ८ हजार ७ सय ४३ मत ल्याउँदा घिमिरेले ६ हजार ८ सय मत ल्याए । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराई ६ हजार ६३ तेस्रो बनिन् । 

यता बागमती प्रदेशसभा सांसद हुँदै रास्वपा प्रवेश गरेका विराजभक्त श्रेष्ठले काठमाडौं–८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई पराजित गरेका छन् । श्रेष्ठले १० हजार १ सय ५ पाउँदा निकटतम प्रतिद्वन्द्वी सायमीले ६ हजार १ सय ७४ मत पाए । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट सांसद चुनिएका नेकपा एकीकृत समाजवादीका जीआआवनराम तेस्रो भए । उनले ४ हजार २ सय ६६ मत पाए । 


Author

थप समाचार
x