आमचुनाव २०७९

बागमती प्रदेश सभामा सात स्थानमा अन्तिम मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

इकागज |
मंसिर ७, २०७९ बुधबार १२:३६ बजे

मकवानपुर- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतगणना जारी छ । बागमती प्रदेशको १३ जिल्लाको ३३ वटा प्रतिनिधि सभा र ६६ वटा प्रदेश सभामा हालसम्म बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ७ सिटको अन्तिम टुंगो लागेको छ । 

जसमा नेपाली कांग्रेसले ४ सिट, एमाले, हाम्रो नेपाली पार्टी र नेकपा माओवादीले १-१ सिट जितेका छन् । 


नेपाली कांग्रेस 
काठमाण्डौ प्रतिनिधि सभा क्षेत्र ३ को प्रदेश सभा १, छिरीङ दोर्जे लामा
रसुवा प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा १, प्रभात तामाङ
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा १, मसिना खड्का
ललितपुर प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश सभा २, रामकृष्ण चित्रकार

हाम्रो नेपाली पार्टी
काठमाण्डौ प्रतिनिधि सभा क्षेत्र ८ को प्रदेश सभा १, शैलेन्द्र बज्रचार्य

नेपाल कम्युनिस्ट पार्टी एमाले
ललितपुर प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश सभा १, रामेश्वर श्रेष्ठ

नेकपा माओवादी केन्द्र
रसुवा प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा २, इन्द्रप्रसाद गोतामे


Author

थप समाचार
x