आमचुनाव २०७९

१९७ मतान्तरले हारे एमाले महासचिव पोखरेल

इकागज |
मंसिर ८, २०७९ बिहीबार ११:४ बजे

फाइल तस्बिर

दाङ- दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९७ मतान्तरले निर्वाचित भएकी हुन् ।  उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्  भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोखरेलले २६ हजार ६ सय ८० मत प्राप्त गरेका छन् । 


जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।
 


Author

थप समाचार
x