आमचुनाव २०७९

समानुपातिकमा १२ लाख मत नजिक एमाले, अरुको कति ?

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १६:१४ बजे

काठमाडौँ- आम चुनावको मतगणना जारी छ । कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।

हालसम्म मतगणना भएका क्षेत्रमध्ये नेकपा एमालेले ११ लाख ९९ हजार ५७३ मत ल्याएको छ ।


नेपाली कांग्रेसले ११ लाख ३८ हजार ८२२ मत ल्याएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ५ लाख १८ हजार हजार ४५० मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ५८ हजार ६१४ मत पाएको छ ।

राप्रपाले २ लाख ९४ हजार १९१ मत पाएको छ ।

एकिकृत समाजवादीले ९० हजार ८६७ मत ल्याएको छ । 

जनता समानजवादी पार्टीले १ लाख ४५ हजार ८८ मत पाएको छ भने लोसपाले ५८ हजार ६१८ मत ल्याएको छ ।


Author

थप समाचार
x