आमचुनाव २०७९
प्रदेश समानुपातिकमा माओवादी : कुन प्रदेशमा कति मत ?
काठमाडौँ- नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको समानुपातिकतर्फ तेस्रो स्थानमा छ । ८ लाख ७० हजार ५०९ मत ल्याएर तेस्रो स्थानमा छ ।
हाल प्रदेश समानुपातिकमा मत गणना जारी छ ।
पछिल्लो मत परिणामअनुसार प्रदेशको समानुपातिकमा कर्णाली प्रदेशमा मात्रै दोस्रो छ । अन्य प्रदेशसभामा माओवादी पछाडि छ ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणम अनुसार नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ ।
प्रदेश १ मा माओवादीले ९७ हजार ४१४ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ ।
मधेश प्रदेशमा माओवादी पाँचौँ स्थानमा छ । मधेशमा माओवादीले ६१ हजार १०४ मत प्राप्त गरेको छ ।
बागमती प्रदेशमा माओवादी चौथो स्थानमा रहेको छ । बागमतीमा माओवादीले १ लाख ८३ हजार ३७ मत प्राप्त गरेको छ ।
गण्डकी प्रदेशमा माओवादी तेस्रो स्थानमा छ । माओवादीले १ लाख १२ हजार २२१ मत पाएको छ ।
लुम्बिनी प्रदेशमा माओवादी तेस्रो स्थानमा छ । माओवादीले १ लाख ३७ हजार ३८६ मत प्राप्त गरेको छ ।
कर्णाली प्रदेशमा माओवादी दोस्रो स्थानमा छ । कर्णालीमा माओवादीले १ लाख १ हजार ५७४ मत प्राप्त गरेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा माओवादी तेस्रो स्थानमा छ । माओवादीले ९० हजार ६७३ मत गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया