निर्वाचनमा बालबालिका प्रयोग गर्ने सत्तारुढ गठबन्धन पहिलो
फाइल फोटो
काठमाडौँ - प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा २ सय १६ घटनामा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार सत्तारुढ गठबन्धनले सबैभन्दा बढी बालिबालिकालाई प्रयोग गरेको छ भने एमालेले पनि उत्तिकै मात्रामा बालबालिका प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
बालबालिकाको क्षेत्रमा कार्यरत बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का राजेश शर्माका अनुसार लोकतान्त्रिक बाम गठबन्धनबाट ९८, नेकपा (एमाले) बाट ७१ वटा, अन्य सात राजनीतिक दलहरूबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारबाट १३ वटा घटनामा बालबालिकालाई प्रयोग गरिएको थियो ।
जसमध्ये दुई सय १६ घटनामध्ये एक सय ४४ वटा प्रचार प्रसार र्यालीको क्रममा प्रयोग गरिएको थियो भने २८ जनालाई कलाकारको रूपमा प्रयोग गरिएको थियो ।
आमसभामा १८ वटामा बालबालिका लगेका राजनीतिक दलले घरदैलो कार्यक्रममा १२ वटा घटनामा बालबालिकाको प्रयोग गरिएको शर्माले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया