आमचुनाव २०७९
समानुपातिकमा एमालेले २६ लाख मत पुर्याउँदा जनमत पार्टीले ३ लाख कटायो, समाजवादीको कति ? (सूचीसहित)
काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९६ लाख ४७ हजार ४१० मत गणना भएको छ । मंगलबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।
नेकपा एमाले २६ लाख ३३६ मतसहित शीर्ष स्थानमा रहेको छ ।
नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१ पाएको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ७ हजार ७१८ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७५ हजार १५५ मत पाएको छ ।
राप्रपाले ५ लाख ५३ हजार ९७४ मत पाएको छ ।
यस्तै जसपाले ३ लाख ६७ हजार ७६० मत पाएको छ ।
जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत पाएको छ ।
एकीकृत समाजवादी पार्टीले २ लाख ६५ हजार ९८४ मत पाएको छ ।
हाल मत गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया