आमचुनाव २०७९
१ करोड मत गणना सकियो : कुन दलले कति पाए ? (सूचीसहित)
काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ८ हजार ३०२ मत गणना भएको छ । बुधबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।
नेकपा एमाले २६ लाख ९६ हजार ५७५ मतसहित शीर्ष स्थानमा रहेको छ ।
नेपाली कांग्रेसले २५ लाख ५३ हजार ०९४ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत पाएको छ ।
राप्रपाले ५ लाख ७० हजार ६५४ मत पाएको छ ।
यस्तै जसपाले ३ लाख ८९ हजार १९७ मत पाएको छ ।
जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ मत पाएको छ ।
एकीकृत समाजवादी पार्टीले २ लाख ८२ हजार २६२ मत पाएको छ ।
हाल मत गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया