सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिभल
काठमाडौं - आइतबारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२’ सुरु भएको छ । महोत्सवमा नेपालसहित १५ देशका २६ फिल्म सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र विदेशबाट १४ वटा रहेका छन् । यो महोत्सव मंगलबारसम्म ३ दिन नाचघरमा जारी रहनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सव उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडि परेको महादेशबाट विगत १० वर्षदेखि फिल्म संकलन गरेर नेपालमा यो महोत्सव आयोजना गर्नु आफैंमा सराहनीय कार्य हो ।’ विदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकास बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा विदेशी चलचित्रको प्रवद्र्धनलाई मद्धत पुगेको पनि अध्यक्ष दाहालले बताए ।
आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सब संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफूहरुले यो महोत्सव आयोजना गर्दै आएको बताइन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सव गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन् ।
नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एकदेखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो । समारोहमा सिनेकर्मी तथा पत्रकार आलोक तिवारी र पत्रकार ओम प्रकाश घिमिरे पत्रकारिता सम्मानबाट सम्मानित भए । यस्तै, गायक अलिप खान, गायिका सुजता केसी, चलचित्र निर्देशक कल्यण अधिकारी कलाकारिता सम्मानबाट सम्मानित भए ।
सुजन तिमिल्सिना नेल आर्ट टेक्निसियन सम्मान, मेकअप आर्टिस्टहरु बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, मेकअप आर्टिस्ट राष्ट्रिय सम्मानबाट सम्मानित भए । यसै गरी ब्युटिसियनहरु प्रीति सोनी शाह, शुभद्रा देबी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सौन्दर्यकर्मी राष्ट्रिय सम्मान–२०७९ बाट सम्मानित भए ।
महोत्सवको निर्णायकहरुमा संगीतकार जुगल डंगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुबेर गिरी रहेका छन् ।
महोत्सवमा आइतबार उद्घाटनमा बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साइलोन’ प्रदर्शन गरियो । यस्तै आईतबार नै दुई नेपाली लघू चलचित्र ऋष्ािराज आचार्यको निर्देशनको ‘राइज’, देवेन्द्र खत्रीको निर्देशनको चलचित्र ‘द डेलिभरी’ पनि देखाइयो । यस्तै केमरुनको वृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ला चेम्बर र मोरक्कोको घोष अफ स्पेस टाइम पनि प्रदर्शन गरियो । महोत्सवमा सोमबार बिहान ११ः३० बजेबाट बेलुका ६ बजेसम्म १० वटा चलचित्र प्रदर्शन गरिने महोत्सब अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया